ध्वाँसे चितुवाको छाला सहित पक्राउ


दाङमा ध्वाँसे चितुवाको छाला सहित तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सेतो प्लास्टिकको बोराभित्र लुकाई छिपाई राखेको उक्त छाला फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका –१ भालुबाङ बजार बस्ने २० वर्षीय विष्णु खनाल, २६ वर्षीय शालिक राम भण्डारी र ३२ वर्षीय दीपक भण्डारी रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics