सगरमाथा आरोहणका क्रममा १० जनाको मृत्यु

सगरमाथा आरोहणका क्रममा १०जनाको मृत्यु भएको छ । अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन भएकाले आरोहीहरुको भिड बढेको छ । चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यताले पनि कतिपय आरोहीहरुको मृत्यु हुने गरेको छ ।
पछिल्लो पटक ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएको छ ।

उनको शनिबार बिहान २८ हजार २१५ फिट उचाइमा मृत्यु भएको हो । उनको मृत्युसँगै सगरमाथामा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको अधिकारीहरुले जनाएका छन् ।नेपाली शेर्पा गाइडहरुले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै नेपाल सरकारका अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।

चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको आरोहीहरु बताउँछन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics