संरक्षणमा संस्कार र नैतिकताको खाँचो

A+ A-



विज्ञान तथ्यमा आधारित हुन्छ र कुनै पनि समस्या उत्पन्न भएमा ति समस्या समाधान गर्न तथ्यमार्फत समस्याहरूको समाधान खोजिन्छ । तर संरक्षण बिज्ञान कै एउटा महत्वपूर्ण पाटो भएपनि संरक्षण बैज्ञानिक पद्धती भन्दा केही फरक छ । संरक्षण वातावरण विज्ञानका धेरै क्षेत्रहरू मध्ये एक हो जहाँ वैज्ञानिक पद्धती सँगसँगै नैतिकताको विशिष्ट स्थान हुन्छ । त्यसकारण संरक्षण वैज्ञानिक पद्धती मात्र नभएर एक दर्शन पनि हो र संरक्षण भनेको के हो पहिला त्यो बुझ्न जरुरी छ । संरक्षण त्यो हो जुन पहिले नै रहेको स्रोत साधनको उचित प्रयोग, सुरक्षा र व्यबस्थापनको लागि व्यापक दृष्टिकोण, अभ्यास, नियम र कानुनको कार्यन्वयन हुनु हो । संरक्षण भविष्यमा समेत रहने गरी प्राकृतिक नियम र प्रकृतिको राज्यबहाल गर्ने र सन्तुलन कायम गर्ने विधि पनि हो । संरक्षण एक दर्शन हो, जहाँ स्रोत र साधनको प्रयोग वैज्ञानिक पद्धतिहरुमा पनि नैतिकता प्रयोग हुन्छ ।

संरक्षणलाई बिस्तृत रुपमा बुझ्दा यसले तीनवटा क्षेत्रलाई समेटेको देखिन्छ।पहिलो सांस्कृतिक र पुरातात्विक स्मारक, विरासत, ऐतिहासिक महत्वको भवन, यिनीहरुको परिदृश्य संरक्षण जसले सांस्कृतिक जागरूकता र सम्मानलाई बढावा दिन्छ । यसले भावी पुस्ताहरुलाई सांस्कृतिक सचेतना दिनुका साथै ति सम्पदाहरुको संरक्षणमा लाग्न उत्प्रेरित गर्छ । नेपालमा धेरै साँस्कृतिक परम्परा र सामरिक तथा साँस्कृतिक क्षेत्रहरु रहेको छ ।

चाहे त्यो काठमाडौँ उपत्यकामा रहेका विभिन्न मठ मन्दिर, दरबारहरु होस् या त्यहाँ मनाइने विभिन्न चाड पर्व र त्यहाको विध्यमान सांस्कृतिक चाहे त्यो लुम्बिनीको पावन बुद्ध भुमिहोस् या जनकपुरधाम दोस्रो पर्यावरण, पारिस्थितिक प्रणाली र वन्यजन्तु र भौगोलिक परिदृश्य संरक्षण गरि पर्यापर्यटन विकास मार्फत समाजमा सम्बृद्धि सहयोग गर्दछ ।

नेपालमा२३.६३ प्रतिशत भू–भागलाई संरक्षित क्षेत्र घोषणा गरी जहाँ १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, १ वटावन्यजन्तु आरक्ष, १ वटा शिकार आरक्ष र १३ वटा मध्यवर्ती क्षेत्रलाई संरक्षित गरिएको छ भने १९,३६१ सामुदायिकवनहरु रहेका छन् । प्राकृतिक विविधता, जैविकविविधता र भौगोलिक परिदृश्यअनुसार चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सुचिमा सुचिकृत छ । तेस्रो हो प्राकृतिक स्रोतहरुको उचितप्रयोग, वैकल्पिक स्रोतहरुको उचित उपभोग जसले प्राकृतिक स्रोतको सिमित प्रयोग गरी संरक्षण गर्दछ ।

नेपाल जैविकविविधता संरक्षणमा एक उदारहणीय देश हो ।विश्वमा जैविकविविधता संरक्षणमा नेपालको एक अलग्गै पहिचान रहेको छ । नेपालले किन संरक्षणमा यति धेरै सफलताप्राप्त गरेको छ त यसको लागि नेपाली समाज, सस्कृति तथा परम्परालाई बुज्नु पर्छ । नेपालमा हिन्दु, बौध तथा अन्य धर्मका मानिसहरुको बसोबास रहेको छ जहाँको संस्कृतिमा प्रकृतिको हरेक वस्तुलाई पुज्ने परम्परा रही आएको छ । हामी हेरक वस्तुलाई सम्मान गर्ने र पुज्ने गर्छौ । नेपाल संस्कृति, प्रकृति र धार्मिक विविधताको रोचक संगमस्थलहो । नेपालको प्रकृति संरक्षण र संस्कृतिको विरासतशताब्दीऔं पुरानो र विश्वमाअनुपम छ ।

तर कहिले कहिँ राजनीतिक खिचातानीले नेपालले संरक्षणमा प्राप्त सफलतालाई नजरअन्दाज गर्न पुग्छौ । वातावरण संरक्षण, जैविकविविधता संरक्षण, जलवायु परिवर्तन सायद यो विषय, मुद्धाले जहिले पनि नेपालको राजनीति क्षेत्रमा चर्चा पाईनै रहन्छ । राजनीति, सामाजिक र वैज्ञानिक क्षेत्रमा यो विषयले कहिले कहिँ गर्मा गर्मी नै पैदा गर्ने गर्छ अनि संरक्षणकर्मीहरुलाई कहिले काहीं राजनीतिक नेतृत्व र स्थानीय जनताहरुले विकास विरोधीको रुपमा देख्छन् । म एक संरक्षणकर्मी भएको नाताले यस्ता गर्मा गर्मि बाट टाडा हुन् सक्दिन, अनि सोच्छु के अहिले वातावरण संम्बन्धी मुद्धाले बढावा पाएकै हो त ?अनि वातावरण संरक्षण, जैविकविविधता संरक्षणमा आम मानिसको चासो बढेको हो त ? विश्वका वैज्ञानिकहरुले विभिन्न वैज्ञानिक खोजमा सफलता हात पार्दा यस पृथ्वी, यसको इन्धनको प्राकृतिक स्रोतको वैकल्पिक उपायहरुको खोजीमाचाँही सफलहुन् नसकेका उदाहरण धेरै छ त्यस कारण पनि आम मानिसको चासो यस पृथ्वी, यसको इन्धनको प्राकृतिक स्रोत, वायुमण्डलको संरक्षण गर्नु नै आफ्नो संरक्षण गर्नु हो ।

संरक्षण आफैमा धेरै महत्त्वपूर्ण छ र हामीले भन्ने गरे जस्तो पृथ्वीको स्वास्थ्यको लागि मात्र पनि होईन । संरक्षणको गहनता पृथ्वीको स्वास्थ्य र पारिस्थितिक प्रणालीमात्र पनि होइन । वरपरको संसार, वातावरणीय प्रणाली, पुरात्वातिक, सांस्कृतिक महत्व, प्रारिस्थितिक प्रणाली बुझ्न र अन्य समस्याहरू कसरी उत्पंन हुन्छन त्यो सबै जान्न पनि जरुरी छ ।

ती समस्याहरु कसरी विस्तार भई प्राकृतिक रुपमा समाधान हुन्छ अनि ती प्रक्रियाहरु, विधिहरुले हाम्रो जीवनमा कसरी प्रभाव पार्छ र ती कुराहरुबाट हामीले आफ्नो जीवन सुधार कसरी गर्न सक्छौ भन्ने कुराको पनि आत्मबोध गराउछ । संरक्षणमा वस्तु र चेतनाको पनि बराबर महत्व रहेको छ ।प्रकृतिमा रहेका ती बस्तुहरु बाट नै बिशेष किसिमको चेतना पैदा भै संरक्षण नैतिकताले हामीले संरक्षण गरिरहेका चीजहरूको आदर गर्ने विचार, भावी पुस्ताहरूका लागि संरक्षण गरि हस्तान्तरण, प्राकृतिक श्रोतलाई मात्र दोहन मात्र होइअन् कि संरक्षण पनि गर्नु पर्छ भन्ने नैतिकता पनि हामीलाई सिकाउछ ।

प्राकृतिक स्रोतहरुको शोषण र यसले निम्त्याउन सक्ने नोक्सान सम्बन्धी यसको सबैभन्दा महत्त्वपूर्ण दस्ताबेज मध्ये एकलाई “ट्रेजेडी अफ द कमन्स“ भनिन्छ र यसले ठूलो एउटा उदाहरण प्रस्तुत गर्दछ ।

संरक्षण नैतिकताले प्राकृतिक स्रोत साधन, संस्कृतिको तब सुरक्षागर्दछ जहाँ एक विश्वास र आस्था रहन्छ । समुदायमा न्यूनतम प्रभाव हुनुपर्दछ, दुबै मानव र पारिस्थितिकी प्रणालीमा जसको प्रयोगमा सांस्कृतिक रुपमा सम्मान,बिश्वास र आस्था रहन्छ ।हाल प्रचलनमा संरक्षण दुई भिन्न भिन्न नैतिकता रहेको छ ।एक प्राकृतिक स्रोतहरूको “उचितप्रयोग“खोज्छ भने अर्को संरक्षणले कुनै पनि प्रकारको प्रयोगबाट प्रकृतिलाई बचाउन खोज्छ ।

अनि हामी नेपाली रगतमा रहेको नैतिकताकहिले कहिँएकादगलतमनुवाहरुले आफ्नो गलत स्वर्थ को लागिगर्ने गलतक्रियाकलापले क्षेत्रमा चुनौतीको रुपमा देखिन्छ, संरक्षण एक वाकुनै निकायको मात्र जिम्मेवारी नभई राज्यका सम्पूर्ण नागरिक तथा निकायको बराबर हात मालो बाट मात्र सम्भब छ जुन नेपालीले विश्व समुदायमानमुना पेश गरेको छ ।

लेखक हाल राष्ट्रिय प्रकृति संरक्षण कोष (जैबिकबिबिधता केन्द्र) मा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics