लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय

सरकारले कोरोना भाइरस राकेथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

वैशाख १५ गतेसम्म लकडाउन बढाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

स्रोतका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैशाख १० गतेसम्म लकडाउन लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो । सिफारिस अनुसार आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समयावधि बढाउने तयारी गरेको हो । सरकारले पछिल्लो पटक थप गरेको लकडाउन भोलि बुधबार सकिँदैछ ।

त्यस्तै पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या १६ पुगेको छ । आइतबार एकै दिन ३ जना र सोमबार दुई जना नयाँ संक्रमित थपिएका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics