लकडाउनमा बाँदरका व्यथा (फोटो कथा)



केहि बाँदर पर्खाल वा रुखमा बसेर टाढा टाढा सम्म हेरिरहेका छन् । मानिसहरुको जमघट नदेखिदा कतै आफूले केही गल्ती पो गरिएको हो जस्तो देखिने गरी शान्त स्वभावले बसेका छन् ।
फोहरमा खाना खोज्ने बानी परेकाहरु फोहोर वा उडाएर ल्याएका प्लाष्टिक च्यातचुत पारेर हेरिरहेका छन् । केही भएका बोतल, फ्रुटी जस्ता खोल तान्दै खाना छकी भनेर खोज्न तल्लिन छन् । तिर्खाएकाहरु ठाउँ ठाउँमा जमेको दुषित पानी खाएर प्यास मेटाइरहेका देखिन्छन् ।

खाना खुवाउन आउनेहरु बाँदरलाई डाकेकोे बेला छत, पर्खाल, बार, रुखबाट भmरेर तल आउछन् अनि आफूलाई मिठो लाग्ने खानेकुरा खान्छन् बाँकी त्यसै छोडिदिन्छन् । बाँदर र स्थानिय कुकुरसंगै रमाएर बाडीचुडी खाएको दृश्य देख्न सकिन्छ ।
केही बाँदर गर्भवती छन् कोहि साना बच्चा च्यापेर बसेका छन्, मानिसको भिड देखेर रमाउने बाँदरहरु सुनसान अवस्थामा टोलाएकाछन् तर आफ्नो ईलाक छोडेका छैनन् ।

बाँदर मानव वस्ती तिरनै पसेका भनेर कुनै गुनासो पाईएको छैन । केही भोकाएका, तिर्खाएका बाँदर छेउछाउका घर, बस्ती, आँगनमा गुहार माग्दै पुगेको हो कि भनेर स्थानिय बताउछन् । बालाजु औद्योगिक क्षेत्र नजिक एउटा बाँदर विद्युतिय झट्काबाट घाइते भएको देखिन्छ ।

बालाजु बाइसधाराका बाँदर अहिले मानव खाना खान नपाएर भोकै छैनन् । रुखका पात, वनका हरिया घाँस, पात खाएर जिवन निर्वाह गरेको छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखैमा रहेका मुड्खु, आठमाइल क्षेत्रमा रहेका रैथाने बाँदर भन्दा भिन्न स्वभाव भएका बाँदर घरमै आई खाना खोसेर लाने, मानिसदेखि नडराउने हुदा अन्तै बाट आएका बाँदर त होइन भन्ने स्थानीयको आशंका छ ।ओशो तपोवन क्षेत्रमा रुद्राक्ष, कटुस, काफलको फल खान बाँदर पसेर आफूहरु रुगालो बस्नु परेको बताउछन् ।



फोटो ः वासुदेव पोख्रेल, निलव जोशी,पुरुशोत्तम घिमिरे, भिम बहादुर खत्री, गणेश मैनाली, योगेश्वर महतो, बहादुर भुजेल, सूर्र्यिदप श्रेष्ठ र विश्वनाथ रिजाल

विश्वनाथ रिजाल

प्रतिक्रिया दिनुहोस

web
analytics