झरीमा रुझ्दै बागमती सफाई (फोटो फिचर)



शनिबार बिहानैदेखि राजधानी काठमाडौंमा झरी परिरहेको थियो। लागातार रुपमाभइरहेको वर्षाका कारण  मौसम  चिसिएको थियो । तर, चिसो मौसम र झरीको समेत परवाह नगरी बागमती सफाईमा हजारौँको भिड लागेको थियो।

बिहान ७ बजेदेखि नै बागमती नदी क्षेत्रमा जम्मा भएका मानिसहरुले ‘जय बागमती’ भन्दै झरीमा रुझ्दै फोहोर संकलन गरेका छन् । बागमती सफाई अभियान २०० औँ हप्तामा पुगेको अवसरमा आज शनिवार विशेष समारोहको आयोजना गरिएको थियो। उक्त अवसरमा बागमतीका विभिन्न १८ स्थानमा जम्मा भएका हजारौँ अभियानकर्तालाई झारी र चिसोले समेत रोक्न सकेन।


विशेष समारोहमा बागमती सफाई अभिायनामा सुरुदेखि नै लागिरहेका अभियानकर्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कलाकार, सुरक्षाकर्मी, विधार्थी, कर्मचारी, पेशाकर्मी र सर्वसाधरणको उपस्थिती रहेको थियो।विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका उच्चपदस्थ व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो।
शनिवारको विशेष सफाई अभियानमा १८ वटा स्थानमा गरी झण्डै एक लाखको सहभागिता रहेको सफाई अभियानका प्रमुख अभियान्ता डा राजु अधिकारीले जानकारी दिए। उनका अनुसार २०० औँ हप्ताको सफाई कार्यक्रममा १८ वटा स्थानमा गरी ६५ टन फोहोर संकलन भएको छ।
समारोहका अवसरमा १० बुँदे राष्ट्रिय सरसफाई अभियानको समेत घोषणा गरिएको छ । उक्त घोषणापत्रमा नदीनाला सहित गाँउघर टोल, विद्यालय लगायतका सार्वजनिक स्थानमा पनि सफाई कार्यक्रम चलाउने विषय समावेश छ ।


‘बढ्दो शहरीकरण, औद्योगीकरण, प्राकृतिक सम्पदाको अधिक दोहन, अव्यवस्थित वस्ती विकास तथा फोहोरमैलाको अव्यवस्थित विसर्जर्न एव नदी, खोला, ताल, तलैया, पोखरी, सार्वजनिक जमिन, खुला क्षेत्र आदिको योजनावद्ध समुचित उपयोगको कमी एवं बढ्दै गएको अतिक्रमणबाट परेको वातावरणीय प्रभावलाई नियन्त्रण गरी भरपर्दाे, गुणस्तरीय, दिगो, जनमुखी सरसफाइ सेवाबाट आमनागरिकको स्वास्थ्य तथा जीवनशैलीमा सुधार ल्याउन घोषणापत्र जारी गर्नुपरेको हो,’ घोषणापत्रमा उल्लेख छ ।


बागमती सफाई महाअभियान २०७० जेठ ५ गतेबाट सुरु भएको हो। बागमती सफाई अभियानसँगै बागमतीलाई ढलमुक्त बनाउन बागमतीको दबै करिडोरमा ढल निर्माणको काम समेत अगाडी बढीरहेको छ । यस्तै बागमतीमा पानीको बहाव बढाउन सुन्दरीजल क्षेत्रमा बाँध निर्माणको काम पनि अगाडी बढीरहेको छ ।




















यस्तो छ राष्ट्रिय सरसफाई अभियानको १० बुँदे घोषण पत्र 




सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics