जल तथा मौसम सप्ताह आजदेखि



विश्व पानी दिवस र विश्व मौसम दिवस को उपलक्ष्यमा आयोजना गर्न लागिएको सप्ताहब्यापि कार्यक्रम ‘नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह शुक्रबारदेखि सुरु भएको छ।

राजधानीमा शुक्रबार आयोजित समारोहमा उर्जा मन्त्री जनार्दन शर्माले सप्ताहब्यापि कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले नेपालको दिगो बिकास र पानीको समूचित ब्यबस्थापनको लागि पानीमा जनताको स्वामित्व स्थापित हुन पर्ने धारणा व्यक्त गरे। मन्त्री शर्माले भने, ‘स्वच्छ पानीको पहुँच मानव अधिकारको बिषय मात्रै नभएर प्रकृति र समग्र प्राणीको पनि अधिकार भएकोले अब देशको जलस्रोतको उपयोग कसरी गर्ने भन्ने बारे बृहत छलफल हुनपर्दछ।‘ सरकारका पानी र उर्जा क्षेत्रका प्रथमिकता र कार्यहरुबारे बिवरण दिदै मन्त्री शर्माले आगामी दिनमा पानी र उर्जाको क्षेत्रमा दिगो बिकास र ब्यबस्थापनको लागि जल तथा उर्जा आयोगको सचिवालयलाई सक्रिय बनाउनुपर्ने बताए ।

यसै गरि उद्घाटन कार्यक्रममा बोल्दै जल तथा उर्जा आयोग सचिवालयका सचिब मधुसुदन अधिकरीले अध्ययन अनुसन्धानका उपलब्धिलाई पानिको स्रोत ब्यबस्थापन र प्रयोगमा लगाउनु बताए ।

कार्यक्रममा जल तथा मौसम बिभागका महानिर्देशक डा. ऋषिराम शर्मा, सिंचाइ बिभागका निमित्त निर्देशक सरोज पण्डित, सिंचाइ मन्त्रालयका सचिब रामानन्द यादव, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिब भिमप्रसाद उपाध्याय, तथा इसिमोडका महानिर्देसक डा. डेभिड जेम्स मोल्डेनले स्वच्छ पानीको उपयोग र दिगो ब्यबस्थापन गर्न आ आफ्ना विचार प्रस्तुत गरेका थिए ।

मार्च २२ तारिखका दिन विश्वभर मनाईने विश्व पानी दिवस र मार्च २३ को दिन मनाईने विश्व मौसम दिवसको सन्दर्भ पारेर नेपालमा पनि बिबिध कार्यक्रमहरु आयोजना गर्न राष्ट्रिय जल तथा मौषम सप्ताह आयोजक समिति गठन गरिएको हो। राष्ट्रब्यापि रुपमा मनाउन लागिएको यस कायक्रमको मुख्य उदेश्य स्वच्छ पानीको महत्वबारे जनचेतना फैलाउने र पानीको स्रोत र दिगो ब्यबस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्म ध्यानाकर्षण गराउनुका साथै पानीको दिगो ब्यवस्थापनका लागि बृहत छलफल चलाउनु रहेको छ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले यस वर्षको पानी दिवसको नारा फोहोर पानीको पुनर्प्रयोग भन्ने दिएको छ । सप्ताह चैत्र १० गते सम्म सञ्चालन हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics