बढ्दै छ तापक्रम



तापक्रमको ग्राफ उकालो लाग्न थालेको छ । प्रिमनसुन सुरु हुनेवित्तिकै मौसममा आएको बदलीका कारण चैतको दोस्रो सातासम्म चिसोको महसुस भएपनि यो साताबाट भने गर्मी बढ्न थालेको छ । मौसमविद्का अनुसार सामान्यतया अप्रिल महिनाको सुरु (चैत्र दोस्रोसाता) सँगै तापक्रममा बृद्धी हुन थाल्छ । मौसमविद् सुवास रिमालले भने "यो वर्ष अलि ढिलासम्म चिसो रहनुको कारण बदली हो ।"

यो वर्ष प्रिमनसुनको सुरु हुनासाथ मौसम बदलीको अवस्थामा रहेको छ । प्रिमनसुनमा हुने वर्षा हावाहुरी सहित हुन्छ । रिमालले भने "यो वर्ष प्रिमनसुनको अवस्थामा धेरै असिना समेत परेको छ ।" यद्यपि बदलीको क्रम हटेसँगै अब गर्मी बढ्छ । पानी परेपछि केही दिन चिसो हुनु स्वभाविक नै हो । "प्रिमनसुनको समयमा परेको पानीले पनि गर्मी बढाउन पनि मद्दत गर्छ", रिमालले भने।

त्यसो त बुढापाकाहरु पनि जाडो सुरु हुनुअघिको वर्षाले चिसो बढाउने र जाडो सकिन लाग्दाको वर्षाले गर्मी बढाउने बताउँछन् । पानी परेपछि आकाश खुल्ने र सूर्यको ताप जमीनसम्म आउने भएकाले यो बेला भएको वर्षाले गर्मी बढाउन मद्दत गर्ने मौसमविद्हरुको भनाई छ। सामान्यतया चैत दोस्रो सातादेखि जेठसम्म प्रि–मनसुनको अवधि रहन्छ । यहि समयमा धेरै गर्मी समेत हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics