शुक्लाफाँटाका बाह्रसिंगा चितवन ल्याइयो



राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सुदुरपश्चिमको शुक्लाफाँटा निकुञ्जका बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउन सुरु गरेको छ ।

विभाग ,राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुको टिमले बुधबारदेखि शुक्लाफाँटा निकुञ्जका बाह्रसिंगा चितवन ल्याउन थालिएको हो । बुधबार दुइवटा बाह्रसिंगा श्क्लाफाँटाको मझगाँउ बाट चितवनको लागि हिडाइएको छ । चितवन निकुञ्जमा पहिलो पटक बाह्रसिंगा ल्याउन लागिएको हो । गत वर्ष शुक्लाबाट नै बर्दिया निकुञ्जको बबई उपत्यकामा बाह्रसिंगा ल्याइएको थियो ।

चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार ति बाह्रसिंगालाई पदमपुर स्थित अर्ना राखिएको इन्क्लोजरमा नै राखिने छ ।

शुक्लाबाट २५ वटा बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउने निर्णय भएको छ । अर्यालका अनुसार बाह्रसिंगाले समुह बनाउन थालेपछि खुल्ला स्थानको प्रकृतिक वासस्थानमा छोडिने छ । ‘बाह्रसिंगाले बाघसँग जोगिन सिकेको छ ,त्यसैले यिनलाई अर्ना भन्दा पहिला प्राकृतिक वास्थान छोडिने छ’ उनले भने ।

शुक्लाफाँटामा मात्र रहेका बाह्रसिंगालाई मुलुकका अन्य निकुञ्ज र आरक्षमा पनि विस्तार गर्ने विभागको योजना अनुसार स्थानान्तरण सुरु गरिएको हो । प्राकृतिक विपत्तिबाट वश विनास नहोस भनेर बाह्रसिंगालाई अन्य स्थानमा पनि स्तानन्तरण गरिएको हो । शुक्लामा एसियामै सबैभन्दा ठूलो समुहमा बाह्रसिंगाको जमात छ । पछिल्लो गणनाअनुसार २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा छन ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics