बाह्रसिंगा समूहमा ल्याइदै

एक एक गरेर स्थानान्तरण गर्दा समस्या उत्पन्न भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण  विभागले अब समूहमै स्थानान्तरण गर्ने तयारी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरणको क्रममा एउटा बाह्रसिंगाको बाटोमा नै ज्यान गएको थियो भने अर्काे चितवन पुगेको २ दिन पछि मृत्यु भएको थियो ।  त्यसैगरी एक साता अघि थप एक पोथी बाह्रसिंगाको मृत्यु भएको छ ।

अब ठुलो खोर शुक्लामा नै  बनाएर एकैपटकमा ८ देखी १०वटा खोरमा हालेर समूहमै स्थानान्तरण गरिने चितवन राष्ट्रिय निकुञ्जको सूचना अधिकृत नुरेन्द्र अर्याले जानकारी दिए ।

उनले भने, ‘अब समूहमा ल्याउने योजना  बनाएका छौँ ।एउटा एउटा ल्याउदा बढी गर्मी भएकोले पनि बाह्रसिंगाको स्थानान्तरण सफल हुन सकेन।’

चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अहिले दुईवटा भाले र दुईवटा पोथी रहेका छन् ।

विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको चितवनमा यो पहिलो पटक स्थानान्तरण गरिएको हो । वैशाख १३ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु  संरक्षण विभागले सुदुपश्चिमको शुक्लाफाँटा निकुञ्जका बाह्रसिंगा चितवन निकुञ्जमा ल्याउन सुरु गरिएको थियो ।

गतवर्ष बर्दियामा बाह्रसिंगाको स्थानान्तरण गर्दा छोटो समयमा छोडिएको हुनाले कुनै पनि घटना भएको थिएन ।शुक्लाफाँटा निकुञ्जबाट चितवन निकुञ्जसम्म २० घन्टाको लामो यात्रा कठिन भएकोले बाह्रसिंगा बचाउन कठिन भएको  विज्ञहरुको भनाई छ ।शुक्लाफाँटाबाट २५ वटा बाह्रसिगा चितवन निकुुञ्जमा ल्याउने निर्णय थियो ।तर बाह्रसिंगाको मृत्यु पश्चात् भने  विचमा  नै स्थानान्तरण रोक्दै सरकारले अर्काे वर्षको लागि सारेको छ ।

शुक्लामा एसियामै सबैभन्दा ठुलो समूहमा बाह्रसिंगाको जमात छ ।पछिल्लो गणनाअनुसार २ हजार ३ सयभन्दा बढी बाह्रसिंगा छन् ।शुक्लामा बाह्रसिंगाले विदेशी र नेपालीलाई आकर्षक गर्ने गरेको पाइन्छ ।बाह्रसिंगा मृग प्रजातिको जनावर हो यिनीहरू ठुला ठाउँ तथा समूहमा चर्न रमाउछन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics