मनसुन अझै ‘अनिश्चित’



यो वर्ष पनि मनसुन केहिदिन ढिलो सुरु हुने सङ्केत देखिएको छ । मौसमविद्हरुका अनुसार यो वर्षको मनसुन अब केही दिनमा नेपाल प्रवेश गर्छ । विगतका केही वर्ष देखि नै नेपालमा केही समय ढिलामात्र मनसुन सुरु हुँदै आइरहेको छ । गत वर्ष जुन १५ मा मनसुन भित्रिएको थियो ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद्हरुले मौसम निर्धारित समयभन्दा अगाडी नै आउने पुर्वानुमान गरेका थिए । जल तथा मौसम पुर्वानुमान महाशाखाले गत जेठ २० गते नै विशेष विज्ञप्ति जारी गर्दै मनसुन केहीदिन अघि सुरु हुने जनाएकाे थियाे ।



मौसमविद्हरु मनसुन कहिले भित्रिन्छ भन्नेमा अझै अन्योलमै छन् । महाशाखाका मौसमविद् सुवास रिमालले भने, "नेपालमा अर्को सातामा पूर्वी नेपालबाट मनसुन भित्रिने अनुमान गरिएको छ । कहिले सुरु हुन्छ भन्न सक्ने अवस्था छैन ।"

महाशाखाले यो वर्ष सामान्य औसत वर्षा हुने अनुमान गरेको छ । मौसमविद् रिमालले भने, "नेपालको पश्चिम भूभागमा सामान्य भन्दा केही कम वर्षा हुने सङ्केत देखिएको छ ।"

पश्चिम नेपालमा जुन, जुलाई र अगष्टमा कम पानी परे पनि मनसुनको अन्तिम महिना सेप्टेम्बरमा भने औसतमै वर्षा हुने मौसमविद्हरुको भनाइ छ ।

नेपालमा पूर्वी भेगबाट मनसुन भित्रिन्छ । सामान्यतया मनसुन अवधि जुन १० देखि सप्टेम्बर २२ सम्म रहन्छ । नेपालमा यो अवधिमा कुल वर्षाका ८० प्रतिशत वर्षा हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics