मानिस र प्राकृतिक स्रोत बीचको अन्तरसम्बन्ध

A+ A-



मानिस र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ ।

विकासक्रम सँगै मानिसहरू समूह बनाएर वन्यजन्तुको शिकार गर्न अनि काचै मासु खाने पछि आगोमा पोलेको मासु स्वादिलो पाए पछि पोलेर खान थाले । आगो बाल्नको निम्ति दाउराको प्रयोग गर्न थाले । ढुङ्गेयुगका मानिसले ढुङ्गाका हतियार प्रभावकारी नभएपछि विकल्प खोज्दै धातुका धारिला हतियार बनाउन सिके । ढुङ्गेयुगको समापन पछि अब बिस्तारै पकाउनु र अन्य सामग्री राख्नको निमित्त काठ र धातुक भाँडाकुँडा बनाउने प्रचलन बढ्यो । यसरी इतिहास हेर्दै जाँदा मानिसको चाप प्राकृतिक स्रोतमाथि निर्भर बन्दै गइरहेको देखिन्छ ।

त्यस्तै गरी पशुपालन युगमा मानिसहरू पनि घाँसपात, वन घर आदि बनाउनको लागि प्राकृतिक स्रोतमै निर्भर छन् । कृषि युगमा आईपुग्दा पनि मानिसहरू प्राकृतिक स्रोत मै निर्भरता बन्दै गएको छ । कृषि बालीका लागि सिंचाइ, मल, घाँसपात, कृषि औजार बनाउनु मानिसहरूले पानी, माटो, धातु प्राकृतिक स्रोत प्रयोग गर्दै आइरहेका छन् । आधुनिक औद्योगिक युगमा पनि खाना, इन्धन, वन, माटो, सौर्य प्रकाश लगायतका आवश्यकताहरू पूरा गर्न मानिसहरूले प्राकृतिक स्रोत मै निर्भर रहनु परेको छ । तसर्थ मानव विकासको क्रमसँगै प्राकृतिक स्रोतहरूको अधिक प्रयोगका कारण वातावरण प्रदूषण बढ्दै गइरहेको छ ।

अन्तरसम्बन्धका आधारहरुः

१. मानवका लागि खानाको प्रमुख स्रोतः
खाना मानिसको प्रमुख आवश्यकता हो । वनस्पति र प्राणीबाट मानिसले खाना प्राप्त गर्दछ । त्यसैले मानिसलाई पारिस्थितिक प्रणालीको सर्वभक्षी र विवेक उपभोक्ता भन्ने गरिन्छ । प्राकृतिक स्रोत नै मानिसको मुख्य स्रोत हो ।

२. सुरक्षाको प्रमुख आधारः
बस्नको लागि घर र गोठ निर्माण गर्न चाहिने काठपात तथा बिरामी पर्दा औषधी उपचार गर्न चाहिने जडीबुटी प्राकृतिक स्रोतबाट प्राप्त गर्दछौँ । घर बनाउन प्रयोग गरिने काठ, माटो, ढुङ्गा, धातुका सामग्री बाहेक पनि सुरक्षाका निमित्त प्रयोग गरिने हातहतियारहरु प्राकृतिक स्रोतबाट नै प्राप्त गर्दछौँ ।

३. आर्थिक विकासको प्रमुख स्रोतः
प्राकृतिक स्रोतहरूको प्रयोग गरेर मानिसहरूले जीवन उकास्ने गरेका छन् । दैनिक जीवन चलाउनका निमित्त वन जङ्गल, जलस्रोत, खानी आदि प्राकृतिक स्रोत आवश्यक हुने गर्दछन् । वनस्पतिबाट जडीबुटी, घाँस, दाउरा, फलफुल, सागपात आदि उपलब्ध हुन्छ भने प्राणीको छाला, मासु, सिङ्ग, रौं जस्ता अङ्गहरु पनि आम्दानीका स्रोतहरू बन्दछन् ।

४. पारिस्थितिक प्रणालीको सन्तुलनः

पारिस्थितिक प्रणालीको सन्तुलन राख्न प्राकृतिक स्रोतहरू जस्तैः घाम, पानी, हावा आदिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसरी पारिस्थितिक प्रणालीमा संलग्न तत्व अथवा जाती लोप भएमा सम्पूर्ण प्रणाली नै असन्तुलन हुन्छ र फलस्वरुप समग्र सजीवले विभिन्न चुनौती सामना गर्नु पर्छ । यसरी यसले गर्दा मानव समुदायलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । मानवले हरेक किसिमको फाइदा लिनको लागि प्राकृतिक स्रोतको सन्तुलन कायम राख्नुपर्दछ ।

५. औषधिको स्रोतः

वनस्पति र वन्यजन्तु औषधिको प्रमुख स्रोत हुन् । कतिपय वनस्पति र वन्यजन्तु औषधिको निमित्त प्रयोग हुने भएकोले अनुसन्धान जारी रहेको छ । नेपालमा कतिपय वनस्पति, वन्यजन्तुका अंगहरु जडीबुटीका रूपमा प्राचीनकालदेखि प्रयोग हुँदै आइरहेका छन् ।

६. सौन्दर्य र विविधता संरक्षणः

प्राकृतिक स्रोतहरूको सौन्दर्य र विविधता मापन गर्ने माध्यम नै छैन । विभिन्न रंगहरु भएका माछा, चरा, किरा, पुतली लगायत अन्य सजिवहरु आपूm मात्र सुन्दर होइनन् समग्र प्रकृतिलाई सौन्दर्यमय बनाएका छन् । यसरी नयाँ पुस्ताका लागि यस्तो सौन्दर्य र विविधता संरक्षण गर्ने प्राकृतिक स्रोतको संरक्षण गर्न पनि आवश्यक भएको छ ।

७. मनोरञ्जनको स्रोतः

समाजमा वन्यजन्तु मनोरञ्जनको साधन बनेका छन् । चरा अवलोकन, सिकार, माछापालन, हात्तीपोलो खेल्ने, चिडियाखाना आदि क्रियाकलापबाट मानिसले प्रशस्त मनोरञ्जन प्रदान गरेका छन् ।

८. साहित्य सिर्जनाको उत्प्रेरक स्रोतः

आधुनिक समाज बौद्धिक विचारले भरिपूर्ण छ । विश्वका प्रसिद्ध वैज्ञानिक र साहित्यकारले सिर्जना र आविष्कारको प्रेरणा प्राकृतिक स्रोतबाट नै प्राप्त गरेको पाइन्छ । कुकुरको निन्द्रा, गोहीको आँसु, कमिलाको जस्तो जोडी र अन्य समाजमा विकसित उखान टुक्का प्राकृतिक स्रोतमा नै आधारित छन् ।

अन्तमा, मानिस र प्राकृतिक स्रोत बिच नजिकको सम्बन्ध रहेको छ । मानवीय क्रियाकलापले गर्दा वातावरण, प्रदूषण, प्राकृतिक स्रोतको अत्यधिक प्रयोग, अन्तर्राष्ट्रिय स्तरमा व्यापार, प्राकृतिक प्रकोपको कारण प्राकृतिक स्रोत साधन घट्दै गइरहेका छन् । तसर्थ यी स्रोतहरूको संरक्षणका निमित्त विभिन्न संरक्षण कार्यक्रमहरू र मानवीय क्रिायकलापहरुलाई रोक्नु र सरकारी स्तरबाट संरक्षणका लागि आवश्यक पहल गर्न जरुरी देखिन्छ । जसका कारण प्राकृतिक स्रोतको दिगो रूपमा उपयोग र सम्बन्ध रहन सक्छ ।

(लेखक चन्द जनज्योती टेक्निकल कलेज बड्डीचौर सुर्खेतमा बायोलोजी प्राध्यापकका रूपमा कार्यरत छन्।)

प्रतिक्रिया दिनुहोस

web
analytics