उपत्यकाको ८ सय स्थानमा जेब्रा क्रसिङ बन्दै



सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङ निर्माण गर्ने भएको छ । केही समययता जथाभावी बाटोकाट्नेलाई कारवाही गर्न थालिएपछि सडक पार गर्न जेब्रा क्रसको आवश्यकतालाई हेरेर जेब्रा क्रसको निर्माण गर्न लागिएको विभागले जनाएको छ ।

विभागले अहिले उपत्यकाभित्र रोड मार्किङमा समस्या रहे पनि केही समयपछि यो समाधान हुने दावी गरेको छ । उपत्यकामा मेलम्ची खानेपानी आयोजनाका कारण सडक धुलो र हिलो भएकाले समस्या भएको छ । सडक विभागका महानिर्देशक गोपाल प्रसाद सिग्देलले भने, 'अब जेब्राक्रसिङको समस्या छिटै समाधान हुन्छ ।'

सडक विभागका अनुसार उपत्यकामा जेब्रा क्रसिङह पेन्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ। यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने सिग्देलले बताए ।

सरकारले पैदलयात्रुले जेब्राक्रस बाहेक अन्य ठाउँबाट रोड क्रस गर्दा जरिवाना सहित कारबाही गर्ने नीति ल्याएको थियो । व्यवस्थित बाटो र पर्याप्त जेब्रा क्रसिङको नभएकाले सर्वत्र यसको विरोध भएको थियो ।

यसैगरी सर्वत्र विरोध भएपछि गत हप्ता गृहमन्त्री जनार्दन शर्माले पैदल यात्रुले बाटो काट्दा तिर्नुपर्ने जरिवानाको व्यवस्था हटाएका थिए । शर्माले जेब्रा क्रसलाई चुस्त दुरुस्त राख्न सडक विभागलाई निर्देशन दिएका थिए । कारवाहीको अभियान सुरु गर्दा आवश्यक स्थानमा जेब्राक्रस नभएपछि सरकारको आलोचना भएको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics