धुलिखेल नगरप्रमुखले ल्याए ‘एक घर दुई रुख’ रोप्ने नीति



धुलिखेल नगरपालिकाले ‘एक घर, दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ। धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सो नीति सार्वजनिक गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताए । उनले भने,‘नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खाल एवं कच्चा किसिमको निर्माण भएका पर्खाललाई भत्काउनुपर्छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक निर्माण कार्य अविलम्ब अगाडि बढाउन पहल गरिने छ ।’ उनले हाल साँगा भञ्ज्याङसम्म सेवा दिइरहेको साझा यातायातलाई धुलिखेलसम्म सेवा सञ्चालन गर्न आग्रह गर्ने समेत बताए ।

उनले यसका लागि सहजरुपमा सवारी सञ्चालन अनुमतिपत्र तथा सहजरुपमा सेवा दिने वातावरण मिलाइने प्रस्तुत नीति तथा कार्यक्रममा रहेको जानकारी दिए । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समान्यीकरण अनुदानतर्फ १७ करोड २२ लाख तथा शर्त अनुदानतर्फ रु १२ करोड ९० लाख रहेको उल्लेख छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics