सेनाकाे रेडियाे खारेज गर्न माग

 

सेनालाई रेडियो सञ्चालन गर्न दिएको अनुमतिप्रति मानव अधिकार तथा शान्ति समाजले विरोध जनाएको छ । मानव अधिकार तथा शान्ति समाजले प्रेस विज्ञप्ति जारी गर्दै यो अनुमति तत्काल खारेज गर्न माग गरेको हो ।

सञ्चार माध्यम सञ्चालन गर्ने सेनाको क्रियाकलाप लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको भन्दै उनीहरूले सञ्चारमाध्यम सञ्चालन गर्ने सेनाको आकाङ्क्षा राजनीतिलाई निर्देशित गर्न खोज्ने क्रियाकलाप भएको समेत आरोप लगाएका छन् ।

राष्ट्रिय सुरक्षाको लागी काम गर्ने सेनाहरुले पेशागत आचार संहिताको पालना गरी अनावश्यक विवादमा नआउन उनीहरूले आग्रह गरेका छन् ।

नेपाली सेनाको विविध सरोकारको विषयमा आवाज उठाउनका लागी रक्षा मन्त्रालयबाटै माध्यमको व्यवस्था गर्नुपर्ने भन्दै शान्ति समाजले यस अघि नै २०७३ पुस ४ गते तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँडलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics