१ लाख ३९ हजार पर्यटकले चितवन निकुञ्ज भ्रमण गरे

फाइल फाेटाे


चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७३/७४ मा १ लाख ३९ हजार १ सय २५ जना पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये ८७ हजार एक सय ९० विदेशी, १५ हजार ८ सय ७ सार्क मुलुक र ३६ हजार ५६ नेपाली रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालको अनुसार यो आर्थिक वर्षमा २ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

अघिल्लो वर्षको तुलानामा यो वर्ष ५१ हजार ७ सय ३४ पर्यटक बढेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३ सय ९१ जना पर्यटक भित्रिएका थिए । निकुञ्जका सूचना अधिकारी अर्यालले भूकम्प र राजनीति अस्थिरताका कारणले गर्दा आर्थिक वर्ष २०७२/७३ पर्यटक सख्या कमी रहेको जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ सालमा अघिल्लो वर्षको तुलनामा ९० हजार ८ सय ६६ संख्यामा पर्यटक घटेका थिए ।

अर्यालले यो वर्ष पनि नारायणघाट मुग्लिन सडक राम्रो नहुँदाा अधिकांश पर्यटक आउन नसकेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जमा बितेको १० वर्षमा सबैभन्दा धेरै अर्थिक वर्ष २०७१/७२मा एक लाख ७८ हजार दुई सय ५६ पर्यटक भित्रिएका थिए ।

चितवन वाईल्डलाईफ सफारीका लागि विश्वका १० निकुञ्जभित्र पर्छ । यो निकुञ्जमा विशेष गरेर एक सिंगे गैँडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा धेरै प्रजातिका स्तनधारी प्राणी, ६०० भन्दा बढी प्रजातीका चराचुरूङ्गीहरु पाइन्छन् ।

बाघ पाइने १३ देशमध्ये सबैभन्दा छिटो र सहज तरिकाले चितवन र बर्दियामा बाघ देख्न सकिन्छ । बाघको हब हो चितवन । बाघको आहार प्रजाति पनि चितवनमा धेरै छन् । चितवनमा बाघ र गैंडा पर्यटकका मुख्य आकर्षण हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा भएको हो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics