निजी वनको आकर्षण बढ्दै

फाइल फाेटाे


काठ पाउन मुस्किल हुन थालेपछि निजी वन हुर्काउने उपभोक्ता बढेका छन् । घर निर्माण र व्यावसायिक रूपमा काठ बिक्रीका लागिसमेत वृक्षरोपण गर्ने बढेका छन् ।

यो खबर हामीले आजको कान्तिपुर बाट लिएका हौँ । कान्तिपपुरमा कपिलवस्तुबाट मनोज पौडेल लेख्छन्, सरकारी सुविधा नभए पनि गत आर्थिक वर्षमा कपिलवस्तुमा १९ निजी वन दर्ता भएका छन् । उनीहरूले २ कट्ठादेखि ५ हेक्टरमा वृक्षरोपण गरेर वन दर्ता गराएका हुन् । १९ जनाले १५ हेक्टरमा २० हजार बढी बिरुवा रोपेका छन् । जिल्ला वनका सहायक अधिकृत मदनमोहन सान्डिल्यका अनुसार एकवर्षमा सफेदाको रूख ३ मिटर अग्लो भइसकेको छ ।

अधिकांशले छिटो हुर्कने र बढी फाइदा हुने सफेदा, टिक, अमला, अर्जुना, सिमल र सिसौं लगाएका छन् । पक्की तारबार गरेर र रूखबिरुवालाई पानीका लागि ३ ४ वटा पानी तान्ने मोटर राखेर व्यवस्थित रूपमा वन लगाएका छन् । बिरुवाका बीचमा रहेको खाली जग्गामा तरकारी खेती समेत गरेका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics