बच्चा पाउन नसक्दा मर्‍यो गैंडा

फाइल फाेटाे


चितवन निकुञ्जको दुधौराको राप्ति नजिक बच्चा पाउन नसकेर शुक्रबार गैंडा मरेको छ। राप्ति किनारमा अन्दाजी १५/१६ वर्षको गर्भवती गैंडा निकुञ्जले मृत अवस्थामा फेला पारेको हो। गर्भवती गैंडाको बच्चा आधा बाहिर अड्किएको अवस्थामा मृत फेला परेकाे थियो।

निकुञ्जका अनुसार पहिलो पटक बच्चा जन्माउन लागेको गैंडा बच्चा अड्कीएर अत्यधिक रक्तश्रावका कारण मरेको हो । जन्मिन लागेको बच्चाको दुवै खुट्टा बाहिर निस्किएको थियो ।

निकुञ्जका अनुसार शुक्रबार साँझ नै गैंडा मरेको थियो। हात्तीसारका कर्मचारीले शनिबार बिहान गैंडा मृत देखेपछि निकुञ्जलाई खवर गरेका थिए। घटनाको तीन दिनपछि निकुञ्जले सोमबार गैंडा मरेको खबर दिएको थियो । घटनापछि निकुञ्जका चिकित्सक डा. कमल गैरेसहितको टोलीले पोस्टमार्टम गरेको थियो। बच्चा पाउन नसकेर गैंडा मरेको यो दोस्रो घटना हो।

निकुञ्जमा चोरीसिकारीबाट बचेका दुर्लभ एक सिंगे गैंडा कालगतिले मर्ने क्रम बढदो छ। सिकारीको आक्रमणबाट भन्दा कालगतिले मरेको मरै छ। गएको वर्ष निकुञ्जका २५ वटा गैंडा मरेका छन्। तीमध्ये १९ भाले र ६ वटा पोथी छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics