खडेरीले सुक्न थाले मकैका बोट

फाइल फाेटाे


तेह्रथुमको पश्चिमी क्षेत्र फाक्चामारा र पञ्चकन्यामा खडेरीले मकैको बोट सुक्न थालेको छ । लामो समय पानी नपरेपछि मकैको बोट सुक्न थालेको हो । बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् ।

मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु बोटमै मकै सुक्न थालेपछि आगामी वर्ष के खाने भनेर चिन्ता गर्न थालेका छन् । लगाएको बाली खेडरीले बोटमै धमाधम सुक्न थालेको छ । यो क्षेत्रका किसानहरुले मकै, कोदो, गहत, लगायतका अन्नबाली लगाउँदै आइरहेका छन् ।

तेह्रथुमको छथर गाँउपालिका ३ र ४ का पञ्चकन्या र फाक्चामाराको तल्लो क्षेत्र हेमाङदिङ, लुकुवा, खिरखिरे, वसिका हाक्पारा, बतासे, आहाले, सिङजेक्वा, परेवाखोप र वालङबा लगायतका क्षेत्रमा लगाएको किसानहरुको अन्नबाली बोटैमा सुक्न थालेको हो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics