बाढीले बगाएकाे गैंडा भारतमा



चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएको गैंडा भारतसम्म पुगेको छ । सोमबार अविरल वर्षासँगै आएको बाढीले बगाउँदा दूईवटा गैंडा भारत पुगेका हुन् । निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार बाढीले बगाएको दुईवटा गैंडामध्ये एउटा भारतको बगाहमा र अर्को बाल्मिकी नगरमा पुगेकोे भेटिएको छ ।

बगेर भारतमा पुगेको गैंडालाई नेपाल ल्याउने तयारी भइरहेको छ । अर्यालले भने, 'सौराहाबाट प्राविधिकको टोलि गएको छ । यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको र तत्काल उद्दार गरी नेपाल ल्याउने तयारी भइरहको छ ।'

त्यसैगरी निकुञ्जबाट बगेको अन्य तीन ओटा गैंडा नवलपरासीको नर्सहीमा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा र बाल्मिकी आश्रममा भेटिएका छन् । गैंडाको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हालसम्म पहिचानभएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने बाढीमा बगेर छ हिरण, एक रतुवा र पाँच चित्तल मृत अवस्थामा भेटिएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics