याे साता ‘मनसुन’ निष्क्रिय



अघिल्लो सातासम्म सक्रिय रहेको मनसुन यो साता भने निष्क्रिय बनेको छ । मनसुनी वर्षा गराउने प्रणाली (न्यून चापीय रेखा) भारततर्फ सरेकाले अब केही दिन ठुलो वर्षा नहुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, 'अहिले न्यून चापिय रेखा भारतको मध्य प्रदेशमा केन्द्रित रहेको छ, ठूलो वर्षा गराउने कुनै पनि प्रणाली भित्रिने सम्भावना देखिदैन ।' मनसुनको अवधि अझै महिना दिन बाँकी रहेकाले क्षणिक, हल्का र मध्यम स्तरको वर्षाको गतिविधि हुने महाशाखाले प्रष्ट्याएको छ । पौडेलले भने ‘तत्कालका लागि भारी वर्षाको सम्भावना छैन, तर मनसुन अवधि बाँकी रहेकाले हल्का र मध्यम स्तरको वर्षा हुन्छ, जुन स्वभाविक पनि हो’।

नेपालमा सामान्यतया जेठ अन्तिम साता (जुन १०) देखि भदौ अन्तिम साता (सेप्टेम्बर २३) सम्म चार महिनाको अवधिमा मनसुन सक्रिय हुने गरेको छ । यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ । तर पछिल्लाे समय भने मनसुन भित्रिने र बाहिरिने समयमा भने परिवर्तन हुन थालेकाे छ ।

दुईसाता अघि भएकाे भारी वर्षाका कारण तराईका भूभागमा ठूलाे जनधनकाे क्षति भएकाे थियाे ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics