कृषि क्षेत्रको अध्ययनका गर्न चिनियाँ टोली नेपाल आउने

कृषि क्षेत्रको अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली नेपाल आउने भएको छ ।
गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि नेपाल आउन लागेको हो । नेपालको ग्रामीण भेगका कृषि क्षेत्रको आधुनिकीकरण र विकासका लागि मुसिकोट नगरपालिका–१ पौदी क्षेत्रको अध्ययन गर्न टोली असोज २७ गते आउने भएको हो। टोलीमा चीनका ८ विशेषज्ञसमेत संलग्न हुनेछन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics