जुम्लामा आइतबारदेखि जलवायु सम्मेलन

कार्तिक तेस्रो सातादेखि जर्मनको बोनमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धिका पक्ष मुुलुकहरुको सम्मेलन (कोप २३) को पूर्व सन्ध्यामा जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानीलगायतका विषयमा छलफल गर्न सरकार र सम्वद्ध विषेशक्ष आइतबारदेखि जुम्लाको राजधानी खलंगामा भेला हुँदैछन् ।

जलवायु परिर्वतनले पर्वतीय र हिमालय क्षेत्रका साथै यस क्षेत्रमा वस्ने समुदायको जनजीवनमा पारेको असरबारे छलफल गरी विकसित राष्ट्रहरुको ध्यानाकर्षण गराउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् । वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्दे (किर्डाक) ले विभिन्न सरोकारवाला निकायसंगको सहकार्यमा यो सम्मेलन आयोजना गरेका हुन् । सम्मेलनमा सहभागी हुन मन्त्री, विशेषज्ञलगायत शनिवारै जुम्ला पुगेका छन् ।

कार्यक्रममा वातावरणमन्त्री मिथिला चौधरी, मन्त्रालयका सचिव डा.विश्वनाथ ओली, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा.जीवराज पोखरेल जलवायु परिवर्तन र यस क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका विज्ञ र स्थानिय बासिन्दालगायत सहभागि हुनेछन् ।

सोमवारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले हिमाल, हिमाली जनजीवन, कृषि, खाद्य सुरक्षा, पानीका स्रोतलगायतका विषयमा परेको र भविष्यमा पर्न सक्ने असरका बारेमा बहस गरिने आयोजक किर्डाकका अभिषेक श्रेष्ठले बताए । विगतमा पनि किर्डाकले सरकार र सरोकारवाला निकायसंग मिलेर जलवायु परिवतनले हिमाली क्षेत्रमा पारेको असरबारे रारा तालको छेउमा सम्मेलन गरी अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थियो । सोमाबार सकिने सम्मेलनले जुम्ला घोषणपत्र जारी गर्ने छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics