बाघ गणना तयारी हुँदै



वन मन्त्रालयले वाघ गणनाको तयारी सुरु गरेको छ । मन्त्रालयले बाघ गणनाका लागि आवश्यक पर्ने स्वचालित क्यामरा, जनशक्ति, तालिम र अन्य प्राविधिकपक्षको तयारी थालेको छ ।
गत महिना काठमाडौंमा भएको नेपाल भारतको सीमा वारपार वैठकले नोभेम्बरमा दुबै देशमा एकै पटक बाघ गणना गर्ने निर्णय गरेको थियो । भारतमा अक्टोबर ३० देखी बाघ गणना सुरु गर्न भएको छ भने नेपालमा नोभेम्बर देखी ।

नेपाल र भारतका धेरैजसो संरक्षित क्षेत्र जोडिएको हुँदा एउटै बाघ दुवैतिर ओहोरदोहोर गर्न सक्ने भएकाले एकै पटक गणना गर्न लागिएको हो । वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार २०१८ सम्ममा दुई देशका बाघ गणनाको प्रतिवेदन संयुक्त प्रकाशित हुने छ ।

साथै दुबै राष्ट्रिहरुले डिसेम्बर २०१८ सम्म बाघको फोटोसहित डाटा बेस तयार गर्ने भएका छन् । नेपालको वाग्मतीदेखि भारतको यमुना नदीसम्मको तराई भू–परिधि कार्यक्रम (ताल) लागू भएको ४५ हजार वर्ग्किलोमिटर क्षेत्रभित्रका १५ संरक्षित क्षेत्रमध्ये १२ वटामा बाघको बासस्थान रहेको पाइएको छ । यसअघि सन् २०१३ मा पनि नेपाल र भारतका संरक्षित क्षेत्रमा एउटै प्रविधिबाट एकैपटक बाघको गणना गरिएको थियो । नेपाल र भारतका बाघको ओहोरदोहोर दुवैतिर हुने गरेको पाइए पछि गणनालाई वैज्ञानिक बनाउन क्यामेरा ट्रयापिङ प्रविधिबाट एकै पटक गणना गर्न थालिएको हो ।उक्त गणना प्रभावकारी ठहर भएपछि यो पटक पनि दुवै देशले त्यही प्रविधिलाई निरन्तरता दिएका हुन् ।

नेपालमा चितवन राष्ट्रिय निकुञ्ज , शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज , पर्सा राष्ट्रिय निकुञ्ज , बाँके राष्ट्रिय निुकञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ पाहिन्छ ।
चितवन र शुक्लामध्ये एकबाट पहिला बाघ गणना सुरु हुने तयारी भइरहेको छ ।

गणनामा सहयोगी संस्थाहरु डब्लूडब्लूएफ नेपाल, जेडएसएल, प्रकृति संरक्षण कोषलगायतले आर्थिक तथा प्राविधिक सहयोग गर्ने छन् । सन २०१३मा नेपालमा वाघको सख्या १९८ थियो । नेपाल सरकारको २०२२ सम्मा बाघको सख्या दोब्बर बनाउने योजना छ । बाघ सख्याको दोब्बर बनाउने योजना कतिको सफल हुन्छ यो चाही २०१८ बाघ गणनाको नतिजा पछि प्रस्ट हुने छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics