नेपालमा पहिलो पटक भैंसी सम्मेलन हुँदै



नेपालमा पहिलो पटक ‘खाद्य एवम् आर्थिक वृद्धिको लागि भैंसीको उत्पादन वृद्धि ’ भन्ने नारका साथ चितवन रामपुरमा भैंसी सम्मेलन हुँदै छ ।कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म चल्ने भैंसी सम्मेलन कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर ,पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायले आयोजना गर्न लागेको हो ।

सम्मेलनमा भारत,चीन,पाकिस्तान,बंगालादेश ,क्यानडा र अमेरिका लगायतका देशका भैंसी सम्बन्धी अनुसन्धानकर्ताहरुको सहभागितामा रहने छ । सम्मेलनमा ५५ जना विदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागिता रहनेछ ।

सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ । सम्मेलनमा भाग लिन ‘इन्टरनेशलन बफ्यालो फेडेरेशन’का महासचिव प्रा. डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रा। भाइस चान्सलर नासिम अहमद नेपाल आउँदैछन् ।सम्मेलनमा नेपालसहितका ९० वटा ‘पेपर’ प्रस्तुतीकरण गरिनेछ । त्यसमा ५ वटा पेपर विशेष हुनेछन् । नेपालका ४९ र विदेशी ४१ वटा पेपर प्रस्तुति हुनेछन् ।

नेपालमा तीन प्रजातिका लिमे, पार्काेटे र गड्डी भैंसी पाइन्छ ।  हाल ५० लाख भैंसी रहेको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics