वातावरण मन्त्री मिथिला चौधरी जलवायु सम्मेलन भाग लिन जर्मनी जादैं



जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरी सोमबार बेलुकी जर्मनीको बोनमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्वन्धि खाका महासान्धि (यूएनएफसीसी) कोप२३मा भाग लिन प्रस्थान गदैं छिन् । उनी मंगलबार बोन पुगेर उच्चस्तरीय बैठकहरुमा सहभागी हुनेछिन्।

मंसिर १ गते सम्म चल्ने उच्चस्तरीय बैठकहरुमा मन्त्री चौधरी सहित मन्त्रालयको टोलीले भाग लिने छ।मिथिालाकोे सम्मेलनमा सम्बोधन गर्न कार्यक्रम रहेको छ।

उच्चस्तरीय बैठकले पेरिस सम्झौता कार्यन्वयन सम्बन्धि खाका तयार पार्ने अपेक्षा विश्वभरीबाट उपस्थित वार्ताकारहरुले अपेक्षा गरेका छन् ।

२०७३ मंसिर २६ गते फ्रान्सको प्रेरिसमा एतिहासिक सम्झौंता भएको थियो । बोन सम्मेलनमा झन्दै दुईसय देशका २५हजार सरोकारवाल सहभागी छन्।यो बैठकले सम्झौतालाई बाटो फुकाउने छ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics