चिया खेतीका लागि निःशुल्क माटो परीक्षण



चियाखेतीका लागि भोजपुर जिल्लामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । माटोको परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण सुरु गरिएको हो ।

भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भएपनि माटो परीक्षण हुन नसक्दा समस्या थियो । सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

आयोजका अनुसार भोजपुर जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने व्यवस्था रहेको छ ।

विभिन्न सञ्चारमाध्यमबाट किसानलाई माटो परीक्षण सम्बन्धि जानकारी दिइएको छ । सूचना दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics