बाघको आक्रमणमा परेको केटोको उद्धार



बाघको आक्रमणमा परी सख्त घाइते भएका गैडाको पोथी बच्चालाई उद्धार गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मीहरुले सौराहाबाट उक्त गैडाको बच्चालाई उद्धार गरेको हो । घाइते बच्चा दुई वर्षको छ । उद्धार गरिएको बच्चालाई उपचार गरेर सुरक्षित साथ खोरमा राखिएको छ ।

बाघले जहिले पनि गैँडाको बच्चालाई आफ्नो आहारा बनाउन सिकार गर्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाघले आक्रमण गर्दा गैँडाको माउलाई आफ्नो बच्चालाई जोगाउन निक्कै कठिन हुने गर्छ । यस अघि पनि यहि आर्थिक वर्षमा बाघले बच्चा गैँडालाई आक्रमण गरी घाइते बनाएको थियो ।

त्यस्तै कोसी टप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको एक अर्नापनि बाघको आक्रमण बाट मरेको थियो । विद्युत तराबारभित्र छिरेर बाघले अर्नालाई आक्रमण गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्नमा बाघको आक्रमण गैँडा बँदेल ,चित्तल र अर्ना लगायतको वन्यजन्तु निशानीमा पर्ने गरेको छ ।

आर्थिक वर्ष २०७२÷७३मा बाघको आक्रमणबाट नै बाघको आम्रमणबाट ६ वटा चित्तल , एउटा जरायो र एउटा बँदेल मरेका थिए । आर्थिक वर्ष २०७२÷७३मा बाघको आक्रमणबाट ६ चित्तल , एक जरायो र एक बँदेल मारिएका थिए ।

सन २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउनेमा सरकारको ध्यान केन्द्रित भएको छ । बाघ र मानव बिचको द्धन्द्ध पनि उतिकै बढदै गएको छ । बाघको संंख्या बढाउनुका साथै मानव र बाघबीच हुने द्धन्द्ध न्यूनिकरणमा सरोकारवाला निकायको ध्यान जानु पनि उत्तिकै टडकारो रूपमा देखिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics