बस्न्यात वंशिय पुस्तक विमोचन





सहप्राध्यापक डाक्टर विनोद थापाले लेखेको ‘नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्यातहरुको योगदान’ नामक पुस्तकको बिमोचन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गरेका छन् ।

आर्मी हेडक्वाटरमा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति क्षेत्रीले उक्त पुस्तकको बिमोचन गरेका हुन् उक्त अवसरमा पाँच जना प्रमुख अतिथिलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले कदरपत्र समेत प्रदान गरेका थिए । पाँच सय ३५ पृष्ठको उक्त पुस्तकको प्रथम संस्करण एकहजार प्रति छापिएको छ । संयोजकको रुपमा पुस्तक लेखन एवं प्रकाशन गर्र्ने कार्यमा ब्रिगेडियर जनरल तथा सैनिक इतिहासविद् डाक्टर प्रेमसिंह बस्न्यातले विशेष सक्रिय भूमिका खेलेका थिए ।

प्राध्यापक तथा संस्कृति इतिहासविद् डाक्टर रमेश ढुंगेलले राष्ट्रनिर्माण र देश भक्तिमा होमिएका श्रीपाली बस्न्यात वंश, संयोजक ब्रिगेडियर जनरल डाक्टर प्रेमसिंह बस्न्यातको भनाई, श्रीपाली बस्न्यात समाज, केन्द्रीय कार्यसमितिबाट प्रकाशक श्री गोकुल बस्न्यातलाई धन्यवाद र सह९प्राध्यापक एवं लेखक डाक्टर विनोद थापाको भनाईबारे शुरुमै उक्त पुस्तकमा विवरण दिइएको छ ।

पुस्तकमा नेपालको राष्ट्रिय झण्डा, नेपालको राष्ट्रिय एकताका प्रतीक श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको फोटो, श्रीपाली बस्न्यातको निशान छाप ९ श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको पालामा विक्रम सम्वत् १८०१ देखि १८०३ सम्म प्रधान सेनापति भएका काजी वडा वीर प्रधान सेनापति शिवरामसिंह बस्न्यातले नेपाल एकिकरणको विभिन्न युध्दहरुमा गरेको कामको बहादुरीलाई कदर एवं प्रशंंसा गर्दै श्री ५ हरु प्रतिको भक्तिभावलाई दृष्टिगत गरी श्रीपाली बस्न्यातहरुलाई वडामहाराजबाट विक्रम सम्वत् १८०२ सालको बडा दशैंको फुलपातीको दिन यो निशान प्रदान गरी त्यसको पुजा आजा चलाउन राज्य कोषबाट तत्काल खर्चपर्च समेत बक्सेकों थियो र हालसम्म पनि सो निशान छापको पूजा बडा दशैं र चैते दशैंमा काठमाण्डौंस्थित भोसिकोटोलमा हुंदै आएको छ ०, विक्रम सम्वत् १८६६ भाद्र महिनासम्मको वृहत नेपालको नक्शा, विक्रम सम्वत् १६१६ देखि १९१४ सम्म नेपाल एकिकरणको क्रमिकता पनि झल्काइएको छ ।

श्रीपाली बस्न्यात समाजका सदस्य भोलामानसिंह बस्नेतकाअनुसार सातसय बत्तीसवटा फोटोहरु समेत पुस्तकमा देख्न पाइन्छ । पुस्तकलाई ६ खण्डमा विभाजित गरी खण्ड एकमा श्रीपाली बस्न्यात परिचय, खण्ड दुइमा कुल पूजा सम्बन्धमा विविध जानकारी, खण्ड तीनमा ऐतिहासिक पात्रहरु ९ नेपाल राष्ट्रका निर्माता शाह वंशीय राजाहरु र श्रीपाली बस्न्यात परिवारका ऐतिहासिक पात्रहरु ०, खण्ड चारमा विभिन्न क्षेत्रमा आबध्द जिवित श्रीपाली बस्न्यातहरुको परिचय, खण्ड पांचमा विभिन्न जिल्लाहरुमा बस्ने श्रीपाली बस्न्यातहरुको व्यक्तिगत विवरण, खण्ड छमा विविध बिषय ९ विक्रम सम्वत् १९०३ कार्तिक १६ को भण्डारखाल अर्थात बस्नेत पर्व, विक्रम सम्वत् १९३८ साल पर्व ० परिशिष्ट र सन्दर्भ सामग्री सूची आदी समावेस गरिएका छन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics