देशैभरी मौसममा बदली



आइतबार राती नै सूदूरपश्चिमका जिल्लामा पश्चिम वायुको प्रभावले छोएपछि अहिले देशभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली भएसँगै आज र भोली वर्षा हुन सक्ने जनाएको छ ।

महाशाखाका मौसमविद्सु वास रिमालले हुम्लाको सिमकोट र मुस्ताङको जोमसोमलगायताका क्षेत्रमा मौसम पूर्ण बदली भई हिँउ परेको बताए। बुधाबारदेखि भने मौसम सुधार आउने अपेक्षा गरिएको छ ।

फागुन सुरु हुने महिनामा जाडो सकिएर गर्मी लाग्न थाल्ने भएकाले मौसममा बदलाब आउने गर्छ । मौसमको खराबीले सोमवार हवाई सेवा समेत असर गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics