स्थानान्तरण गरिएका वन्यजन्तु बाच्नै सकेनन्



चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको संख्या बढाउने उद्देश्यले स्थानान्तरण गरिएका वन्यजन्तु नै भटाभट मर्न थालेपछि सोंचे अनुसारको उपलब्धि हासिल हुन सकेको छैन् । विश्वमै दुर्लभ बनेका अर्ना र बाह्रसिंगाको संख्या बिस्तार गर्ने उद्देश्यले लाखौँ रुपैयाँ र जनशक्ति खर्चिएर चितवन स्थानान्तरण गरिएको थियो । तर, ल्याइएको केही दिनदेखि नै समस्या सुरु भएर बचाउन सकिएको छैन ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ वटा र सदर चिडियाखानाबाट तीन वटा गरी १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो । तर ती मध्ये अहिले ९ वटा मात्र बाँच्न सफल भएका छन् । सदर चिडियाखानाबाट स्थानान्तरण गरिएको अर्ना चार महिना नबित्दै एक भाले र पोथी मृत अवस्थामा फेला परेका थिए ।  बाँकी एउटा पनि केही दिनमै मरेको थियो ।

त्यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा अर्ना बाढीले बगाएर मरेका थिए । यसले चितवन निकुञ्जको वासस्थान ती जीवलाई थेग्न योग्य नरहेको पुष्टि भएको छ । एउटा अर्नालाई भने बाघले आक्रमण गरेर मारेको थियो । अहिले चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका मध्ये ९ वटा मात्र जीवित छन् । तीमध्ये दुई भाले र सात पोथी छन् ।

९ वटा अर्ना अहिले ३० हेक्टर क्षेत्रफलमा बनाइएको खोर (इन्क्लोजर)मा रमाइरहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । अर्नाको प्रजन्न र बच्चा भएपछि खोरबाट बाहिर निकालिन्छ ।

सरकारको मिति २०७१ वैशाख २२ को निर्णय बमोजिम चितवन राष्ट्रिय निकुञ्जमा ५ भाले र १५ प्रोथी गरी जम्मा २० वटा अर्ना  स्थानान्तरण गर्ने लक्ष्य राखिएको थियो । २०७३ माघ महिनामा १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा स्थान्तरण गरिएको थियो ।

त्यस्तै, शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट सातवटा स्थानान्तरण गरिएको बाह्रसिंहामध्ये अहिले एउटा बाह्रसिंहा मात्र चितवन राष्ट्रिय निकुञ्जमा भेटिएको छ । बाढी अघि नै तीनवटा बाह्रसिंहको मरेका थियो । शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो । त्यसमध्ये तीन वटा बाढी अघि नै मरिसकेको थियो । चार वटा बाँकी रहेका बाह्रसिँगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो । तर पछि अनुगमनामा एउटा फेला परेको हो । अहिले एउटा मात्रै बाह्रसिंग पनि खोरमा नै रहेको छ । बाँकी तीनवटा बाढी सँगै हराएपछि भेटिन सकेको छैन । अर्यालले भने, ‘तीनवट बाह्रसिंग मरेको पनि भेटिएको छैन । यिनीहरू चित्तलसँग पनि समुहमा रमाउने भएकोले भेटिन पनि सक्ने हामीले आशा गरेका छौँ ।’

नेपाल सरकारको मिति २०७१/०७/१७ गतेको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जमा २० पोथी र ५ भाले गरी जम्मा २५ वटा बाह्रसिङ्गा बाह्रसिंगा स्थानान्तरण गर्ने कार्यक्रम अन्तर्गत स्थानान्तरण गरिएको हो ।वैशाख १३ २०७४ देली बैशाख २१ २०७४गते सम्म चितवन राष्ट्रिय निकुञ्जमा ५ पोथी र २ भाले गरी ७ वटा स्थानान्तरण गरिएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics