गाडीले किचेको चित्तल बचाउँदा…(फोटो फिचर)



मकवानपुरको  मनहरीमा फेला परेका तीनवटा चित्तल आइतबार उद्धार गरिएको छ । उद्धार गरिएको तीमध्ये दुईवटालाई सामान्य चोटपटक लागेको थियो । उनीहरूलाई तत्कालै प्राकृतिक वासस्थानमा छोडिएको थियो । बाँकी अर्को एकलाई भने गाडीमुनी भेटिएको थियो । त्यो चित्तलको खुट्टा र सिंगमा चोट लागेको थियो । उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्धार केन्द्रमा लैजाने क्रममा बाटैमा मरेको थियो ।

स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालयको संयुत्त पहलमा ती चित्तल उद्धार गरिएको हो । उद्धार गरिएका चित्तलको औषत उमेर दुई भएको मकवानपुरका जिल्ला वन अधिकृत (डीएफओ ) प्रल्लाद धितालले जानकारी दिए ।

राजमार्गमा हुने दुर्घटनामा वन्यजन्तु मर्ने क्रम पछिल्लो समयमा बढेको छ । यसरी मर्ने जनावरमध्ये चित्तल सबैभन्दा धेरै छन् ।

हेरौं तस्बिरमा उद्धार गरिएका चित्तल :









तस्बिरहरु  : बद्रीप्रसाद ढुंगाना (रेन्जर, सेक्टर बन कार्यालय मनहरी )  

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics