नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ

A+ A-



नेपालमा पाइने ६० प्रजातिका बोटविरुवा नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले कोडिङ गरेको छ ।

कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो ।

विरुवाको कोडिङ गर्दा त्यस विषयमा चासो राख्ने स्वदेशी तथा विदेशी दुवैका लागि फलदायी हुन्छ, नास्टका वैज्ञानिक रामचन्द्र पौडेलले भने, ‘बिश्वका जुनसुकै देशमा बस्नेले पनि इन्टरनेट मार्फत् त्यो विरुवाका सम्पूर्ण ज्ञान पाउँछ ।’ यो प्रविधि शुरु भएको केही वर्षसम्म काम अघि बढ्न सकेको थिएन ।

अहिले वार्षिक कार्यक्रममार्फत नास्टले वर्षको १०–१५ वटासम्म बिरुवाको कोडिङ गरिरहेको छ, उनले भने, ‘एक/दुई वर्षदेखि आवश्यक मात्रामा काम भइरहेको छ ।’
नेपालमा मात्रै पाइने रैथाने जात र अन्य देशमा पनि पाइने विरुवा गरेर दुवै खालका बोटविरुवाको कोडिङ भइरहेको पौंडेलले जानकारी दिए ।

विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएको पाइन्छ ।

नास्टले भने सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । कुनै पनि विरुवाको गुणहरु इन्टरनेटमा बार कोडिङ गरेर राखिएका विरुवासँग जुधाएर हेरेर विरुवा त्यहि हो÷होइन छुट्टाइन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics