वन कार्यालयमा आगलागी



पर्साको जिराभवानी गाउँपालिकामा पुरानो काठको घरमा रहेको सेक्टर वन कार्यालय बसन्तपुरमा आगलागी भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ मा रहेको कार्यालय परिसरमा रहेको स्टोर कोठामा आइतबार राति आगलागी भएको हो ।आगलागीबाट स्टोरमा रहेको अन्न, लत्ताकपडा, साइकल २२ थान, प्लास्टिकको कुर्सी १६ थान, चिरान काठ ११ थान, खाट ६ थान र भाडाकुँडा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

पोखरिया नगरपालिकाबाट गएको वारुणयन्त्रको मद्दतमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टापछि आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक बिमल कुमार शाहीले जानकारी दिए । ‘व्यारेक र मेस सञ्चालन रहेको काठको घरमा आगलागी भएको रहेछ । ५ लाख ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।

चारैतिरबाट आगो लागेकोले कसैले पेट्रोल छर्केर आगो लगाएको हुन सक्ने अनुमान गरिएको सेक्टर वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत गनिलाल साहले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics