स्मार्ट सिटी बनाउन मेयरहरूको लबिंग



पाँँचखाल नगरपालिकाको मेयर महेश खरेलले बाँदर लडने भिरलाई मिलाएर स्मार्ट सिटी बनाउने जानकारी दिएका छन् । ग्लोबल पिस फाउन्डेसन नेपालले मंगलबार राजधानीमा आयोजित स्मार्ट र ग्रिन सिटी तथा दिगो विकासको अन्तरक्रियामा मेयर खरेलले यस्तो जानकारी दिएका छन् मेयर खरेलले विकास नभएको नगरपालिका घोषणा भएका स्थानलाई स्मार्ट सिटी बनाउन कठिन हुने बताए ।

भएभरका सम्पूर्ण युवाहरु बैदेशिक रोजगारमा पलायन हुने र गाउँमा बस्ने बुढाबुढीका लागि जीवनभरका लागि स्मार्ट सिटी बनाउन नसकिने खरेलको कथन छ । खरेलले पाँचखालमा दुईवटा रिंगरोड बनाउन सकिने सुझाव दिए ।

त्यस्तै वालिङ नगरपालिका मेयर दिलिपप्रताप खाँडले अबको ५ वर्षमा आफ्नो नगरपालिकालाई स्मार्ट सिटी घोषणा गर्ने जानकारी दिए । प्रत्येक गाउँमा वाइफाई, मानवअधिकार भएको हिंसारहित , एक गाउँ : एक रंग र स्मार्ट सिटी : स्मार्ट भिलेज लगायत काम तत्कालै विज्ञहरूको सहकार्यमा अघि बढाउने उनले दाबी गरे ।

भिरकोट नगरपालिकाको मेयर छायाराम खनाल, लुम्बिनी संस्कृति नगरपालिकाका मेयर मनमोहन चौधरीलगायतकाले फोहोरबाट मोहोर बनाउन सकिने अनुभव बताए । फोहोरबाट ९० लाखभन्दा बढी आयआर्जन गरेको उनीहरूले अनुभव सुनाएका थिए ।

निलकष्ठ नगरपालिकाका मेयर भिमप्रसाद दुङगानाले चुनावमा भोट निर्वाचनमा अत्यधिक परिमाणमा मत परिणाम ल्याउन आफूले पनि घोषणापत्रमा स्मार्ट सिटीको अवधारणा समावेश गरेको जानकारी दिए ।
स्मार्ट सिटीमा एक घर : एक रुख, हरेक वडामा खेलकुद मैदान र सफा खाने पानी खुवाउने जस्ता योजनहरु समावेश गरिने उनले बताए । बाग्लुङ नगरपालिकाको मेयर जनकराज पौंडेल, भिरकोट नगरपालिकाका मेयर छायाँराम खनाल र निलकष्ठ नगरपालिकाको उप मेयर मनराज भण्डारी लगायतको सहभागिता थियो ।

कार्यक्रममा महानगरपालिका, उपत्यका र प्रशासनिक मुख्यालयका मेयर र उममेयहरुलाई एक स्थानमा ल्याएर समसामयिम उपलब्धि, चुनौती र समाधानका उपायको बारेमा छलफल भएको थियो । शहरी विकासका लागि आवश्यक पर्ने आइसिटीको उपयोग, रणनीति र योजनालगायतको बिषयमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न राष्ट्रिय निकाय, सरकारी , गैरसरकारी, निजी क्षेत्रका विभिन्न कलेजमा अध्ययनरत ३०० युवाको उपस्थित थियो । आयोजका अनुसार देश विकास गर्न सबैभन्दा महत्वपूर्ण भूमिका युवाहरुको रहने हुँदा युवाहरुलाई विकासशील छलफल, बहस र यस्ता विभिन्न एजेन्डाहरुमा संलग्न गराउनु पर्छ भन्ने हाम्रो जानकारी दिए ।

ग्लोबल पीस फाउण्डेसन नेपालका अध्यक्ष राम रोहनपन्तले कार्यशालामा सबैलाई स्वागत गरी सो कार्यशालाको उदेश्य उजागर गराए । यो कार्यशालाको स्वामित्य युवाहरुले नै लिएका हुन्छन् र यहि कुराले नै हामीलाई यस्तो फारम आयोजना गर्न उर्जा प्रदान गर्दछ,” पन्तले भने । त्यसैगरी आइबियम करपरेट सिटिजनसिपको कार्यक्रम व्यवस्थापक रेबेका कुरजोनले परिवर्तन र पूर्णरुपान्तरण को विभिन्न परिभाषा दिइन् । परिवर्तन ढिलो प्रक्रिया भएता पनि विचार कार्यन्वयन गरी अवसरहरुको सहि उपयोग गरेमा निश्चय नै यसको सम्भावना छ, ” उनले भनिन् ।

कार्यशालाको दोश्रो दिन राष्ट्रिय युवा परिषद्को कार्यकारी अध्यक्ष माधव ढुंगेलले सहर र देश स्मार्ट बनाउन प्रविधिमैत्री युवाहरुको भूमिका रहेको बताए । त्यस्तै युवा तथा खेल मन्त्री जगत बहादुर सुनारले देश विकास युवा परिचालन र अवसर सिर्जनामा केन्द्रित हुनुपर्ने बताए ।

सन् २०१४ अक्टुबर २८ मा एसिया प्रशान्त क्षेत्रमाकरिब ३०० युवा नेतृत्व र अन्य सहभागीहरुको बीच भएको सम्मेलनको परिणाम हो एशिया—प्रशान्तशान्ति र विकास सेवा सञ्जाल जसमा सरकारी, गैरसरकारी र अन्य निजी क्षेत्रका प्रतिनिधीहरुको पनि सक्रिय सहभागिता रहेको थियो । यस सम्मेलनमा विभिन्न क्षेत्रगतबिषयहरु जस्तैः वातावरण, स्वास्थ्य सेवा, विपद, शान्तिपुर्ण संस्कार र युवा उद्यमशिलताको बिषयमा ताजा बहस र परिणाममुखी वार्ताहरु भएका थिए । हालको यो कार्यशाला भने एशिया—प्रशान्तशान्ति र विकास सेवा सञ्जालको पाँचौ संसकरण हो ।

दिगो विकासको लक्ष्यहरुमा स्वामित्व र नेतृत्व बढाउन र स्मार्ट र ग्रिन सिटि स्थापना गर्न यस फोरमले सहभागीहरुमा नैतिक र अभिनव नेतृत्व विकासको अपेक्षा गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics