सामाजिक कार्यको प्रयोगात्मक परीक्षा खाकामाथि छलफल

त्रिभुवन विश्वविद्यालय अन्तर्गत  सामाजिक कार्य अध्यापन गराइने कलेजहरूमा सामाजिक कार्यको प्रयोगात्मक परीक्षा खाकामाथि छलफल भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका कलेजका सहभागितामा दुई दिन प्रयोगात्मक परीक्षाका खाकाहरूमा छलफल भएको हो ।

उक्त कार्यक्रममा सम्बन्धित कलेजको सामाजिक संकायका प्रमुख, फिल्ड सुपर भाइजर र विभिन्न कलेजहरूमा आबद्ध सामाजिक कार्य पढाउने शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो ।

सामाजिक कार्य अध्यापन गराइरहेका कलेजमा सामाजिक कार्यको प्रयोगात्मक परीक्षाका खाकाहरू सबैको एउटै किसिमको बनाउने रहेको आयोजकले जनाएको छ ।

खाका छिट्टै नै अरू कलेजका सम्बन्धित सबै संकायको प्रतिनिधित्वहरूसँग बसेर सबैलाई प्रस्तुत गर्ने योजना रहेको छ ।अग्रसर सामाजिक कार्यकर्ता त्रिचन्द्र पौडेलका अनुसार सामाजिक कार्य विषयको आफ्नो प्रयोगात्मक परीक्षाको खाका र बिषय अनुसारको नियम नहुँदा कलेज बिद्यार्थीहरुलाई अध्ययनमा ग्राहो भएको छ । उनले भने ,‘ बिद्यार्थी आफैमा दुबिधामा पर्ने कारणले गर्दा पनि हामी सबै मिलेर प्रयोगात्मक परीक्षाका खाका बनाउन लागि परेका हौ । ’

यो खाका विभिन्न दक्ष व्यक्तित्वहरूसँग सल्लाह गरी यसलाई म्यानुलमा विकास गरी सम्पूर्ण कलेजहरूमा कार्यान्वयन गरिने गोष्ठीको निष्कर्ष छ ।

नेपालीको महान् चाड बडा दसै, दीपावली र छठको शुभकामना आदानप्रदान गर्दै दुई दिनको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा २५वटा भन्दा बढी कलेजको प्रतिनिधित्व रहेको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics