वर्षा गराउने प्रणाली नेपालबाट बाहिरिएकाे हाे ?

काठमाडाैं । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ। वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भइ मौसममा सुधार आइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार तर मनसुन बहिर्गमन भइ नसकेकाले अझै केही दिन रहने छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असोज २० गते अपराह्नसम्म नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको जनाएको छ।

कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रही हाल स्थिर अवस्थामा रहेको हुँदा नदी तटियक्षेत्र तथा डुबान भइरहने क्षेत्रमा २० गते मध्यान्हसम्म सतर्कता अपनाइराख्न अनुरोध गरेको छ ।

कोशी र मधेसका केही जिल्लामा भने आइतबार पनि वर्षा भइरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics