सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट बाहिरियो यसवर्षको मनसुन

काठमाडौं । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो ।

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics