हुम्लामा ऐतिहासिकता झल्काउने ढुङ्गेधारा निर्माण



हुम्ला जिल्लामैं पहिलो पटक ऐतिहासिकता झल्काउने ढुङ्गेधाराको ढाँचामा निर्माण गरिएको छ । ऐतिहासिक ढुङ्गेधारा लोप हुँदै गई रहेको वर्तमान समयमा सोही झल्को दिने गरि हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छाप्रामा रहेको लुवासुर मन्दिरमा ढुङ्गेधारा निर्माण गरिएको हो ।

ढुङ्गेधार जिल्लाकै नमुना धारा भएको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, हुम्लाका प्रमुख ज्वालाराज शाहीले बताए ।

मन्दिर परिसरमा ढुङ्गेधारा निर्माण भयसँगै स्थानीय खुसी भएका छन् । स्थानीय बासिन्दासंगै मन्दिरका पुजारी तथा धामीझाँक्रीहरुले मन्दिर आएकाहरुलाई पानी बोकेर ल्याउनु पर्ने समस्या हटेको भन्दै खुसी व्यक्त गरेका छन् ।



खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, हुम्लाको सहयोगमा उक्त आयोजनाको निर्माण कार्य सम्पन्न भयसँगै समुदायलाई हस्तान्तरण गरिएको छ । दुई वर्ष अघिदेखि निर्माणाधिन बृहत खानेपानी आयोजना सम्पन्न गर्न खार्पुनाथ गाउँपालिकाले ४ लाख, जिल्ला खानेपानी कार्यालयले २७ लाख ५० हजार र स्थानीयले ३ लाख बराबरको श्रमदान गरेका छन् ।

३४ लाख ५० हजार लगानीमा खानेपानी तथा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द बहादुर हमालले बताए ।

मन्दिर परिसरमा निर्माण गरिएको उक्त खानेपानी धारो र शौचालयका निर्माण भएको छ । मन्दिर परिसरमा निर्माणका सामाग्री खार्पुनाथ यातायात प्रा.लिई. हुम्लाले सिमकोटबाट खार्पुनाथसम्म निःशुल्क ढुवानी गरि सहयोग गरेको अध्यक्ष हमालले बताए ।



मन्दिरमा आउने भक्तजन तथा दर्शनार्थीलाई खानेपानीको समस्या रहेको भएपनि अहिले मन्दिर परिसर भित्र खानेपानी र व्यवस्थित शौचालय निर्माण हुँदा दर्शनार्थी तथा भक्तजनलाई सहज भएको स्थानीय जसमती शाहीले बताइन् । त्यसैगरि पानीका लागी झगडा हुने समस्या समाधान भएकोले आफूलाई खुसी लागेको स्थानीय देव प्रसाद उपाध्यायले बताए । पर्यटन प्रवद्धनको अभावमा बाह्य पर्यटकको आगमन नहुने उक्त मन्दिरमा स्थानीय दर्शनार्थी तथा भक्तजनलाई मध्यनजर गरि खानेपानीको धारा र शौचालय निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष डवल हमालले बताए ।

थरवाडा लुवासुर माडु खानेपानी आयोजना मन्दिरमा आउने भक्तजन तथा स्थानीय बासिन्दालाई लक्षित गरि खानेपानी तथा शौचालयको निर्माण गरिएको बताइएको छ । धारा र शौचालय निर्माण पछि मन्दिरमा पुजापाठ र दर्शन गर्न आउँदा पानी बोकेर ल्याउनु पर्ने समस्या हटेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics