विश्व सरसफाई दिवस मनाइयो

फोहोर व्यवस्थापनका चुनौतीहरुको समाधानकालागि नेपाल भरि विभिन्न राष्ट्रिय तथा स्थानिय साझेदारको संलग्नतामा सरसफाई तथा सचेतनामुलक कार्यक्रमहरु गरि शनिबार ‘विश्व सरसफाई दिवस २०१८’ मनाईएको छ  । ‘हाम्रो फोहोर, हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ गरिएको सरसफाई कार्यक्रममा स्थानीय सरकार, युवा समूह, शैक्षिक संस्था र समुदाय गरि १४८ समूहहरु सहभागी थिए  ।

१५० वटा भन्दा बढी देशका साथ नेपालमा पनि मनाइएको यस विश्व सरसफाई दिवसको उद्घाटन समारोह भाद्र ३० गते, पाटन दरबार क्षेत्रमा नेपालकालागि अस्ट्रेलियाका राजदुत, पिटर बड, ‘द एसिया फाउनडेसन्’ बाट तिर्ज़ा’ थेउनिसन, वातावरण व्यवस्थापन विभाग, ललितपुर महानगरपालिकाबाट प्रदिप अमात्यको उपस्थितिमा गरियो ।  उक्त उद्घाटनमा अव्यवस्थित फोहोर संकलन, अवैध फोहोर फालिने र जलाउने कार्यहरु मुख्य चुनौती रहेको र यस्ता कार्यमा ध्यान पुर्याउनु पर्ने कुरा व्यक्त भयो . सार्वजनिक सहभागिता, स्थानिय सरकार र निजि क्षेत्रसंग सहकार्य गर्नकालागि ‘फोहोर व्यवास्थापन मापन प्रणाली”, “डाटा फर डीभेलभमेन्ट’ र ‘कसिंगर मुक्त ललितपुर” जस्ता कार्यक्रमहरु गरिदै छ ।

‘नेपालमा वातावरण र फोहोर व्यवस्थापनकालागि स्थानिय संस्था र स्थानिय सरकारको सहकार्य निकै उत्साहजनक छ” नेपालकालागि अस्ट्रेलियाका राजदुत, पिटर बडले भने ।  स्थानिय सरकारलाई फोहोरको उचित व्यवस्थापन गर्नको निमित्त सहयोग पुर्याउन जनतालाई प्रेरित गर्नकालागि नाटक प्रस्तुत गरियो । उक्त कार्यक्रममा प्रभात फेरी संगै सरसफाई पनि गरिएको थियो ।

विश्व सरसफाई दिवस २०१८ नेपाल सरकार, नेपालकालागि अस्ट्रेलियन राजदुतावास, क्लिन अप नेपाल र लेट्स डु इट नेपालको सहकार्यमा गरिएको हो। आफ्नो शहर, बाटो, खोला, खुल्ला ठाउँहरु सफा राख्न र यस कार्यक्रम सफल पार्नकालागि देशभरिका संघ-संस्था, स्थानिय सरकार, समुदाय र युवा समुहहरुको सहभागिता रहेको छ . उक्त कार्यक्रमको उदेश्य स्वास्थ्य र वातावरणकालागि फोहोर व्यवस्थापनबारे जनतामा चेतना जगाउनु रहेको थियो। उक्त अभियानमा देशको २५ जिल्ला भरिबाट २८,७९६ जनाको सहभागितामा ३४० स्थानहरु सरसफाई गरि अनुमानित ३९६ टन फोहोर जम्मा गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics