सिन्धुपाल्चोकमा ४८ हजारले तेस्रो किस्ता लिए
- नेचर खबर

सिन्धुपाल्चोकमा ४८ हजार भूकम्पपीडितले तेस्रो किस्ता लिएका छन् । ४८ हजारले तेस्रो किस्ता लिएपनि घर निर्माण गर्नेको संख्या योभन्दा धेरै छ ।
केही प्राविधिक कारणले मात्रै सबै कागजपत्र प्राप्त नभएकोले तथ्यांकमा केही कमी देखिएको स्थानीय पूर्वाधार आयोजनाका व्यवस्थापक इन्जिनियर माधवजंग कार्कीले बताए ।
पुनर्निर्माण सुरु भएदेखि गएको आर्थिक वर्षसम्म निजी आवास निर्माणमा १६ अरब ९१ करोड २२ लाख रुपियाँ सिन्धुपाल्चोकमा मात्रै सकिएको छ ।
निजी आवास पुनर्निर्माण कार्यले जनप्रतिनिधिको देखिने मध्येको एउटा काम भएकाले सबै स्थानीय तहले पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए ।
लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले पुनर्निर्माण गर्न सहज होस् भनेर सडक व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राखिएको बताए । ‘हामी निर्वा्चित भएदेखि नै पहिलो प्राथमिकता जनताको घर निर्माणमा सहज गराउनेमा लागेका छौं,’ नेपालले भने, ‘पुननिर्माणलाई सहज होस् भनेर गाउँ गाउँमा पुग्ने कच्ची सडकहरुलाई समेत व्यवस्थित गराउनका लागि सबै जनप्रतिनिधिहरु लागेका छौं ।’
प्रतिक्रिया दिनुहोस