नेपाल वातावरण समाजको दोस्रो अधिवेशन सम्पन्न

सन्तोष काफ्लेको नेतृत्वमा नेपाल वातावरण समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

२०७० सालमा स्थापित समाजको दोस्रो अधिवेशनबाट सन्तोष काफ्लेको नेतृत्वमा १९ सदस्सीय समिति निर्माण गर्दै सम्पन्न भएको हो ।

उक्त अधिवेशनको उद्घाटन गर्दै पूर्व वातावरण मन्त्री गणेश साहले नेपाल तथा विश्वमा नै वातावरणका मुद्दाहरू उठिरहेको सन्दर्भमा त्यस्ता मुद्दाहरूलाई छलफल गर्दै देश अनुकुलको निर्णय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

“नेपाल वातावरण समाजले हाल नेपाल भित्र भइरहेका विभिन्न वातावरणीय मुद्दाहरू, विकास र वातावरण बिच चलिरहेका विवादहरूको समाधान गर्न भूमिका खेल्न सक्नुपर्छ ।” भन्दै पूर्व मन्त्री साहले सबैको सहभागितामा तथा सकृयतामा मात्र वातावरण प्रदुषण नियन्त्रण गर्न सकिने कुरा व्यक्त गरे ।

अधिवेशनबाट आगामी ३ वर्षकोलागि सर्वसम्मतबाट नेतृत्व चयन भएको छे । समितिमा उपाध्यक्षहरूमा मौसम खनाल, विजय थापा, मनिषा राजभण्डारी, महासचिवमा दिपेन्द्र भट्टराई, सचिवमा भुपेन्द्र शर्मा, कोषाध्यक्षमा रामदेवी टाचामो साह निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा सन्तोष खनाल, दावा तेन्जी योल्मु, प्रकाश सिग्देल, अन्जल महत, वसन्त पौडेल, रामचन्द्र नेपाल, अनिश अधिकारी तथा निर्वतमान अध्यक्ष प्रा.डा. मदन कोइराला पदेन सदस्य रहँदा आमन्त्रित सदस्यहरूमा कल्याण दाहाल, काशीनाथ नेपाल र विजय मिश्र निर्वाचित भए।

कार्यक्रमको अन्त्यमा निर्वतमान अध्यक्ष कोइरालाले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरे । साथै निर्वाचित अध्यक्ष काफ्लेले आफूले व्यक्त गरेका प्रतिबद्धताहरू आफ्नो कार्यकालमा सबैलाई समेट्दै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल वातावरण समाजमा वातावरण विज्ञान, वातावरण व्यवस्थापन र वातावरण इन्जिनियर क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूको पेशागत सङ्गठन हो । स्थापना पश्चात् यस संस्थाले पेशागत हक हितको लागि तथा विभिन्न वातावरणीय मुद्दाहरूमा वकालत गर्दै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics