काठमाण्डौ महानगर द्वारा पार्क,आइल्याण्ड निर्माण र वृक्षरोपणका लागि ५० करोड रुपैयाँ विनियोजन



काठमाडौं महानगरपालिकाले हरियाली प्रबर्द्धनका लागि ५० करोड रूपैयाँ विनियोजन गरेको छ । महानगरले पार्क, आइल्याण्ड निर्माण, संरक्षण र वृक्षरोपणका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।आर्थिक वर्ष ०८०/८१को बजेट सार्वजनिक गर्दै उपप्रमुख सुनिता डंगोलले 'मेरो रहर, हरित सहर' योजनालाई गौरवको योजनाको रुपमा कार्यान्वयन गरिने बताइन् । यो कार्यक्रम मार्फत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षरोपण सम्बन्धी कार्य अभियानको रुपमा सञ्चालन गरिने उल्लेख छ ।

यस्तै महानगरले विभिन्न संघसंस्था र निकायसँगको सहकार्यमा आगामी आर्थिक वर्षभरि नै वृक्षरोपण कार्यक्रमहरु अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । अभियानका लागि अन्य संघसंस्था र निकायहरुसँग सहकार्य गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको महानगरले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics