युवाको हातमा भविष्य

जलवायु परिवर्तनको असरले विश्व नै संकटमा परेको छ । यस्तो अवस्थामा आफ्नो भविष्यको चिन्ता र आउने सन्ततीको भविष्यको सुनिश्चितता गर्ने कार्यभार युवा काँधमा थपिएको छ ।जलवायु परिवर्तनको असरका कारण विश्वका अधिकांश देश भोकमारी, महामारी र गरीबी जस्तो जटिल समस्यामा परेका छन् । यसको असर नेपालमा पनि देख्न सकिन्छ । सागरमाथा लगायत थुप्रै हिमालहरु नांगीदै जान थालीसकेका छन् । बाढी , पहिरो र भुक्षयले थुप्रै जन धन को क्षति भएको कुरा सबैलाई थाहा छ ।

विश्वमा लगभग ५० प्रतिशत जनसंख्या युवाहरुले ओगटेका छन् । देशको कर्णधार मानिने युवा शक्ति देश विकासको कार्यमा जुट्यो भने देशको विकास निश्चीत छ । आजका युवा भोलीका निति निर्माण कर्ता,सल्लाहकार ,परिवारका मुखिया र समाजका अगुवा बन्ने छन् ।

जुन देशमा युवाहरुको संख्या धेरै छ र युवाहरु देशमै आफ्नो क्षमताको सदुपयोग गरेका छन् । त्यो देशले विकासको शिखर चुमेका छन् । नेपालको संदर्भ हेर्ने हो भने गाँउका गाँउ युवाहरु रोजगारको लागि विदेशीने बध्यता छ भने अधिकांश युवाहरु आफ्नो देशको माया भन्दा विदेशको रौनक प्यारो ठानेर उतै रमाइ रहेका छन् ।

सन् १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औँ साधारण सभाले अगष्ट १२ लाई अन्र्तराष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । नेपालले भने सन् २००४ देखि युवा दिवस मनाउन सुरु गरेको पाइन्छ । संयुक्त राष्ट्रसंघको अनुसार युवाहरु हिंसा ,अपराध ,बेरोजगार र एड्स बाट प्रभावित छन् । विभिन्न संघ संस्थाले युवाहरुको हक अधिकारको लागि अभियान चलाई रहेका छन् । युवाहरुले आफ्नो अधिकार संगसंगै आफ्नो समाज र देश प्रतिको उत्तरदायित्व निर्वाह गर्न जरुरी छ ।

लेखक ग्रीन यूथ अफ लुम्बिनिका अध्यक्ष हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics