चावहिल-साँखु सडक व्यवस्थापनमा सक्रिय बन्दै जनप्रतिनिधी



चावहिल साँखु सडक खण्डको दुरावस्था हटाउन स्थानीय जनप्रतिनिधी सक्रिय भएका छन् । सडकको तत्काल सुधारका लागी स्थानीय जनप्रतिनिधी हरुले बिहीबार छलफल कार्यक्रम सम्पन्न गरेका हुन् । सडकका बाटोमा ठुला ठुला खाल्डा परेकाले सवारी आवागमन र हिड्डुल गर्न समस्या भइरहेको छ ।

जनप्रतिनिधीहरुले सडकलाई यो अवस्थाबाट तत्काल सुधार गर्नका लागी सरकार समक्ष माग राखेका छन् । काठमाडौं ३ बाट निर्वाचित नेकपा एमालेका सांसद रामेश्वर फुयालले तत्कालका लागी बैकल्पिक व्यवस्था गर्नुपर्ने र छिटोभन्दा छिटो सडकको सुधार गर्नुपर्ने माग राख्दै यसका लागि जस्तोसुकै संघर्ष गरिने जानकारी दिए ।

उक्त छलफल कार्यक्रम रामेश्वर फुयालको संयोजनमा यो क्षेत्रका सांसदहरु, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष र सरोकारवाला सरकारी निकायका प्रतिनिधीबीच सडकको अस्थायी समाधान सम्बन्धी छलफल भएको हो ।

सडक निर्माण गरिरहेको आयोजनाले यो सडक विस्तारित भई पक्की सडक निर्माण हुन अझै कम्तीमा २ वर्ष लाग्ने बताएको छ । लामो समयसम्म सडक अव्यवस्थित हुँदा स्थानीय आक्रोशित बनेका छन् । यो सडकमा तत्कालका लागी अस्थायी समाधान निकाल्नै पर्ने निष्कर्ष उनीहरूको छ ।

छलफलमा सांसद दीपक कुइकेल, कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा, उपमेयर विन्दु सिंखडा, शंकरापुरका मेयर सुवर्ण श्रेष्ठ उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ विभिन्न वडाका वडा अध्यक्षहरु, उपत्यका सडक विस्तार आयोजना, विद्युत्, टेलिकम लगायत विभिन्न कार्यालयका प्रतिनिधि र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।

चावहिल, बौद्ध, नारायणटार, थली ब्रम्हखेल लगायतका ठाउँमा धेरै ठुला खाल्ठा परेका छन् । पानी परेका बेला सडक चल्नै सक्दैन भने घण्टौ सम्म जाम समेत हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics