दिगो विकासमा युवाकाे नेतृत्व बढाउन छलफल



दिगो विकासको लक्ष्यमा युवा नेतृत्वबीचको कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा आयोजना भएको यो कार्यक्रममा विभिन्न राष्ट्रिय निकाय, सरकारी, गैरसरकारी, निजी क्षेत्र गरि लगभग १ सय ५० जनाको उपस्थिति रहेको थियो।

युवा प्रतिनिधी र प्रस्तोताबीच समावेशी र गुणस्तरीय शिक्षा, सफा पानी र सरसफाइको पहुँच, आधुनिक उर्जामा सर्वसाधारणको पहुँच, शान्तिपूर्ण र समावेशी समाजको निर्माण तथा न्यायमा सबैको पहुँच, कार्यन्वयन प्रणाली मजबुत बनाउने विषयमा बहस भएको थियो।

देश विकास गर्न सबैभन्दा महत्वपूर्ण भूमिका युवाहरुको रहने हुँदा युवाहरुलाई विकासशील छलफल, बहस र यस्ता विभिन्न एजेन्डाहरुमा संलग्न गराउनु पर्छ भन्ने मान्यता युवाहरुले राखेका थिए । युवाहरुलाई रोजगारिको अवसरहरु सिर्जना गर्ने, क्षमता अभिवृद्धि गर्ने, अधिकारहरु प्रदान गर्ने, सिर्जनाशिलताको पहिचान गर्ने र उचित जिम्मेवारी दिने विषयमा समन्वयपुर्वक युवा भूमिका निर्माणका लागी मार्ग प्रर्दशन गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो ।

एशिया—प्रशान्त शान्ति र विकास सेवा सञ्जालको फोरमले स्वमंसेवा, युवाको संलग्नता र सामाजिक उत्तरदायित्वलाई विशेष जोड दिएको थियो। देशविकास गर्न सबैभन्दा महत्वपूर्ण भूमिका युवाको रहने हुँदा युवाहरुलाई विकासशील छलफल, बहस र यस्ता विभिन्न एजेन्डामा संलग्न गराउनु पर्छ भन्ने मान्यतालाई अघि सार्दै ग्लोबल पीस फाउण्डेसनले यो कार्यक्रमको आयोजना गरको थियो ।

युवाहरुको भुमिकालाई अझै प्रमुख बनाउन दिगो विकास लक्ष्यहरु हासिल गर्न सिर्जनशील कार्य योजनाको तर्जुमा र समाधानका व्यवहारिक उपायहरुको प्रतियोगिता गरिने ग्लोबल पीस फाउन्डेसन नेपालका अध्यक्ष राम रोहन पन्तले जानकारी दिए । यस्तै कार्यक्रममा कोड फोर नेपालको सिविल उद्यमी निकेश बलामीले युवा नेतृत्वमा प्रविधिको मूख्य भूमिका रहेको बताए । उनले भने, 'धेरै युवाहरु साथीहरुसँग बोल्न र मनोरञ्जनका लागि मात्र सामाजिक सञ्जाल प्रयोग गर्दछन् । यस्ता युवाहरुलाई सामाजिक अभियान अघि बढाउनका लागि पनि सामाजिक सञ्जाल उपयोग गर्न उत्प्रेरित गर्नुपर्दछ ।'

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया, राष्ट्रिय युवा परिषदका कार्यकारी बोर्ड मेम्बर भावना भट्ट र नेपाल एकडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका उपकुलपति प्रोफेसर डा. जीवराज पोखरेलले आफ्ना विचार व्यक्त गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics