धादिङमा कुकुरको बन्ध्याकरण



कुकुरहरूको संख्यालाई मानविय तरिकाबाट व्यवस्थापन गर्नका लागी धादिङमा कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ ।

बन्ध्याकरण अभियानमा सदरमुकाम क्षेत्रमा रहेको सयौँ सामुदायिक र घरपालुवा कुकुरहरूको बन्ध्याकरण गरिएको छ । यसका साथै कुकुरहरूमा हुने अन्य रोगहरूका औषधी उपचार समेत गरिएको छ ।

पशु सेवा कार्यालय धादिङ र नीलकण्ठ नगरपालिकाको संयुक्त पहलमा छाडा छाडिएका कुकुरहरूको बन्ध्याकरण गरी रेविज विरुद्धको सुई लगाउन थालिएको हो ।

छाडा छाडेका कुकुरहरूका कारण नगरपालिकामा समस्या उत्पन्न हुन थालेको र सोको नियन्त्रणका लागी कुकुरलाई मार्न नपाइने भन्दै पशु अधिकार कर्मीहरूले आवाज उठाउन थाले सँगै वैज्ञानिक तरिकाले मानविय व्यवहारबाट कुकुरको व्यवस्थापनका लागी यस्तो अभियान चलाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको बजार क्षेत्रमा ग्रामिण भेकबाट मानिसहरूसँगै आएका कुकुरहरू छलिएर बजारमा नै बस्ने र त्यसले मान्छेहरूलाई टोक्नुका साथै अन्य रोगहरू सार्ने भएको भन्दै त्यसबाट बच्नका लागी औषधी उपचार र रेविज विरुद्धको सुई लगाएकोपशु चिकित्सकको भनाई छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics