एक घन्टामा निजगढदेखि काठमाडौसम्म

अबको ४ वर्षपछि निजगढदेखि काठमाडौँसम्मको दूरी एक घन्टामा पूरा हुने भएको छ ।

बहुप्रतिक्षित काठमाडौँ तराई द्रुत मार्ग फास्ट ट्र्याक प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार शिलान्यास गरेका छन् । रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापति लगायतको सहभागितामा शिलान्यास भएको थियो ।
७३.२ किमी दूरी रहेको फास्ट ट्र्याकयवस्थापनको जिम्बेबारी नेपाली सेनालाई दिइएको छ । यस मार्गले नेपालको आर्थिकल विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने फास्ट ट्र्याक एक खर्ब १२ अर्बको लगानीमा हुने जनाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics