२० हजार पैदल यात्री कारबाहीमा



जथाभावि बाटो काट्दा १० दिनमै २० हजारजना पैदल यात्री कारबीहमा परेका छन् ।सरकारले गत जेठ १६ गतेदेखि उपत्यकामा जथाभाबि बाटो काट्ने पैदल यात्रीलाई कार्यबाही गर्न सुरु गरेको हो।

ट्राफिक प्रहरी महाशाखाको प्रवक्ता लोकेन्द्र बहादुर मल्लका अनुसार , १० हजार जनाले २०० रुपैयाँ जरिवाना तिरेको छन् भने १० हजार जनाले सचेतना कक्षा लिएका छन् । उनले भने ,“ जथाभावी बाटो काट्न अहिले घट्नेक्रममा छ । मानिसहरूमा अहिले सचेतना बढेको छ । ”

ट्राफिक प्रहरीले जेब्रक्रसबाट बाटो नकाट्नेलाई दुई सय जरिवाना वा ३ घण्टा अनिवार्य  सचेतनामूलक कार्यक्रममा सहभागी गराउने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics