इन्दिरा पराजुली वातावरण संरक्षण पुरस्कारबाट सम्मानित


यो वर्षको उत्कृष्ट वातावरण संरक्षण पुरस्कार पोखराकी डा. इन्दिरा पराजुलीले प्राप्त गरेकी छिन् । जनसङ्ख्या तथा वातावरण मन्त्रालयले डा. पराजुलीलाई वातावरण क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो । ५०,००० नगद सहितको उक्त संरक्षण पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी थिइन् ।

विगत डेढ दशकदेखि वातावरण संरक्षण सँग सम्बन्धित क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्याउदै आएकी डा. पराजुलीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ३ दर्जन अनुसन्धनात्मक प्रकाशनहरु तथा कृतिहरु प्रकाशित भएका छन् । उनले ख्याती प्राप्त अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत नेपालको वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित पक्षहरुलाई समेटी प्रकाशनमा ल्याएकी छन् । नेपालको कूल घरधुरीको ७८ प्रतिशत घरधूरीले खाना पकाउन दाउरालाई मुख्य इन्धनको रूपमा प्रयोग गरी आएको परिप्रेक्ष्यमा, दाउरा बाल्ने चूल्हो, घर परिवार, दाउरा बाल्दा निस्कने धुँवा र यसको मानव स्वास्थ्यमा पर्ने प्रतिकूल असर, धुँवा न्यूनिकरणका उपायहरू, भैन्टीलेसन प्रविधि, आदिका सम्बन्धमा उनका करिब डेढ दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् ।

संयुक्त राज्य अमेरिकाको रिसर्च फेलोसीप अर्वाड तथा इन्छन नेशनल विश्वविद्यालयको छात्रवृत्तिमा सन् २०१७ फेब्रुअरीमा विद्यावारीधि उपाधि गरेकी डा.पराजुलीले विद्यावारीधिको सोधपत्रमा नेपालको हिमाली क्षेत्रका घरधुरीबाट निस्कने धुवाँको मानव स्वास्थमा पर्नै असर तथा त्यसको न्यूनिकरणको लागी प्रभावकारी भेन्टिलेसन प्रणालीको खोज गरेकी थिइन । उक्त भेन्टिलेसन प्रविधिको प्रतिलिपि अधिकार समेत दर्ता गरेकी उनले यस प्रकारको भेन्टिलेसन प्रविधि नेपालका हिमाली क्षेत्रमा अवस्थित घरहरुमा अपनाइएमा घर भित्रको धुवाँमा कमी हुनाको साथै अति चिसो हिमाली क्षेत्रका घरधुरीको तापमानमा समेत सन्तुलनमा आई चिसोबाट समेत बच्न सहयोग पुग्ने कुरा आफ्नो अनुसन्धानले पुष्टि गरेको बताउछिन् ।

नेपालबाटै वातावरण विषयमा स्नातकोत्तर हासिल गरेकी डा. पराजुलीले आफ्नो अनुसन्धान तथा कार्यको दौरानमा नेपालका दुर्गम पहाडी तथा हिमाली क्षेत्रहरुका घरहरुबाट निस्कने धुँवाकाे सम्बन्धमा विभिन्न उपकरणहरू प्रयोग गरी जाँच तथा अनुगमन गरी सो का आधारमा उक्त धुँवाको मात्राले मानव स्वास्थ्यमा पार्ने असरहको समत अध्ययन तथा अनुसन्धान गरी नजिता अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशन गरेकी छन् । कार्य दौरानमा धुँवामा रहेका विविध रसायनका कारण मानव स्वास्थ्यमा पर्ने असर न्यूनिकरणका निम्ति भेन्टिलेशन सुधार तथा प्रवर्द्धन कार्य गरेतापनि वर्षभरिनै अति चिसाे मौसम रहेको हिमाली क्षेत्रका घरहरुमा उक्त भेन्टिलेशनको उपयोग दीर्घकालीन नभएको उनको निष्कर्ष छ । उनको सर्वेक्षणको नतिजा अनुसार भेन्टिलेशनका कारणले घरभित्र चिसो हुन गएकोले परम्परागत शैलीमै दाउरा बाल्ने गरेको तथ्यलाई मनन गर्दै नेपालको हिमाली क्षेत्रका घरहरुका लागि स्वच्छ तथा उपयुक्त भेन्टिलेशन प्रणालीको खोज बनाएको उनले बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics